Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

एउटा इन्जिन फेल भए पनि सुरक्षित अवतरण

Wednesday, September 4, 2019 National Power

काठमाडौं – लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज दुर्घटनाबाट बचेको छ । बुधबार बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजको एक इन्जिन आकासमै फेल भएको थियो । तर चालकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराउन सफल भएको कम्पनीले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार बुधबार बिहान करीब पौने ९ बजे जहाजले आकस्मिक अवतरण गरेको हो । कम्पनीकाअनुसार जहाजमा यात्रु भने थिएनन् । सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले चालक दलका सदस्य र जहाज सुरक्षित रहेको ट्विटमार्फत जानकारी गराएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सबै जहाजको इन्जिन परीक्षण हुने र त्यसपछि आगामी उडान निश्चित गरिने उनले जानकारी दिएका छन् । सीता एयरले पहाडी र हिमाली भेगका साना विमानस्थलमा उडान गर्दै आएको छ । त्यसमध्ये लुक्ला मूख्य विमानस्थल हो ।