Sunday 17th November 2019

    कालीप्रसाद र सन्तोषको उदास जवानी लोकार्पण    विश्व कीर्तिमानी गीतकार डा. डीआर ‘के तन्नेरी, के अधवैशे…’ भन्दै (भिडियोसहित)    कृष्ण र सोनुको स्वरमा ‘गोर्खालीको शान…’ (भिडियोसहित)    सीमा मिचिएकोबारे शिक्षा मन्त्रीले गराए भारतीय मन्त्रीको ध्यानाकर्षण    पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने

किर्तिमानी गीतकार डा.डी.आरको ‘जुनेली उज्यालो’मा (भिडियो सहित)

Tuesday, September 3, 2019 National Power


काठमाण्डौ – किर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘जुनेली उज्यालोमा‘’ सार्वजनिक भएको छ । दीपक लिम्बु र शशी रावलको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सञ्चारकर्मी सूर्य चन्दले निर्देशन गरेको भिडियोमा राम बाबु र अपेक्षा खड्काको अनस्क्रिन रोमान्स देख्न सकिन्छ । एलिसा कार्कीको कोरियोग्राफी रहेको गीतमा आफ्नो जोवनलाई फुलसँग तुलना गर्दै जुनको उज्यालोमा लिएर आएको कुरा गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । भिडियोलाई अखिल बास्कोटाले छायाँकन गरेका हुन् ।

image description

गीत लेखेरै विभिन्न विधामा ६ वटा विश्व रेकर्ड कायम गरेका उपाध्यायले वल्र्ड बुक्स अफ अमेरिका, अष्ट्रिलिया, वल्र्ड बुक्स अफ लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् ।

७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त समेत प्राप्त गरिसकेका छन् । उनले नेपाली गीतरसङ्गीतका विविध विधामा गरेको नामका खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेको हो ।

‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ ल्याएका डा. डीआर उपाध्यायले गीत लेखनबाट विभिन्न रेकर्ड राख्न सफल भएका हुन् ।

‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुँने विभिन्न गीत सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायः जसो सबै अवार्डमा अवार्ड चुम्न सफल भएका छन् ।

उपाध्यायले उपन्यास लेखनमा पनि त्यतिकै सशक्त रुपमा कलम चलाउँदै आएका छन् । डा.डीआरका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् भने नयाँ उपन्यास ‘सपनाकी रानी’ पाठकमाझ आउँदै छ ।