काठमाडौं – जापान सरकारले नेपालबाट ‘नर्सिङ केयर गिभर’ लैजान अपौचारिक प्रक्रिया सुरु गरेको छ । त्यसका लागि नेपालमा हुने परीक्षाहरुको मिति नै सार्वजनिक भएको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले आगामी अक्टोबर र नोभेम्बर महिनामा परीक्षा गर्ने तालिका सार्वजनिक गरेको छ । भाषा तथा सिप परीक्षाका लागि अक्टोबर २७ देखि २९ ९कार्तिक १० देखि १२०, नोभेम्बर ५ देखि ७ ९कार्तिक ९देखि १९० तथा नोभेम्बरकै १२ देखि १४ ९कार्तिक २६ देखि २८० सम्म मिति तोकिएको छ । यसका लागि एक हजार मात्रै आवेदन लिइनेछ । यसका कारण सुरुमा आवेदन दिनेले नै परीक्षामा सहभागी हुने मौका पाउनेछन् । यस्तो आवेदन अलाइनमार्फत दिनुपर्नेछ । यस्तो आवेदन दिन काठमाडौंमा रहेको जापानी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट प्रक्रिया पूरा गरेर टोकन लिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसपछि आवेदन फारम भरेर परीक्षामा सहभागी हुनुपर्नेछ । यस्तो परीक्षा नेपालमा कहाँ, कुन सेन्टरमार्फत हुन्छ भन्ने हालसम्म तय गरिएको छैन । परीक्षा उत्तीर्णलाई जापानमा रोजगारीको अवसर मिल्नेछ । दुबै परीक्षाका लागि शुल्क एक(एक हजार जापानिज युआन तोकिएको छ । नसिर्कङ केयर गिभरमा जान कुनै शैक्षिक योग्यता तोकिएको छैन । तर, जापान सरकारले लिने ‘नर्सिङ केयर सिप मूल्यांकन परीक्षा’ र ‘नर्सिङ केयर गिभर जापानी भाषम मूल्यांकन परीक्षा’ पास गर्नुपर्नेछ ।
जापान सरकारकाअनुसार परीक्षा कम्प्युटर प्रणालीमा आधारित हुनेछ । सिप परिक्षा ६० मिनेट लामो हुनेछ । यसमा ४५ वटा प्रश्न सोधिने छन् । यसमा पनि ४० लिखित र ५ प्रश्नको व्यवहारिक खालका हुनेछन् । भाषा परीक्षा ३० मिनेटको हुनेछ । यसमा १५ वटा प्रश्नहरु सोधिने छन् ।
नेपाली कामदार लैजानेबारे जापानसँग नेपालले ‘सहकार्यको समझदारी’ गरिसकेको छ । समझदारीमा जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा सो भन्दा बढी पारिश्रमिक तथा सुविधा पाउने भनिएको छ । कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत लगायतका १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ ।
कम्प्यूटरमा आधारित परीक्षा हुने भएकाले त्यसैअनुसार कामदारले तयारी गर्नुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशकले जानकारी दिए । परीक्षामा उत्तीर्ण हुने मात्रै जापान जाने अवसरको लागि योग्य हुन्छन् । र, जापान जान पाउने कामदारको रोस्टरमा नाम दर्ता हुन्छ । र, भिसा आएपछि मात्रै कामदारले जापानलाई श्रम गन्तब्य बनाउन पाउनेछन् ।
जापानले नेपाल सरकारलाई दिएको अनौपचारिक जानकारीअनुसार २० मिनेटको भाषा परीक्षा र ६० मिनेटको सीप परीक्षा हुन्छ । पास भए नभएको परीक्षार्थीले तत्कालै थाहा पाउँछन् ।
जाँच दिएको दुई हप्तामा जाँचको प्रमाणपत्र प्राप्त हुन्छ । ‘एन.४’ तहको भाषा परीक्षा लिइन्छ ।
कामदारले काम गर्न पाउने अवधिबारे छुट्टै कार्यावधि बन्नेछ । असल कामदारले अर्को ५ वर्ष काम गर्न पाउने सहकार्यको समझदारीमै उल्लेख छ । भाषा र सीप परीक्षाको लागि जम्मा खर्च ४५०० जापानी येनको हाराहारीमा हुने अनुमान छ । त्यसबाहेकको खर्च रोजगारदाता र श्रमिकबीचको सम्झौतामा उल्लेख भएबमोजिम हुनेछ ।