Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

पाठेघरको मुखको क्यान्सर : यी हुन् सुरुवाती पाँच संकेत

Wednesday, August 28, 2019 National Power

छातीको क्यान्सपछि विश्वमा सबैभन्दा बढी महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन् । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५(४० बर्षको उमेरपछि हुन्छ । विशेषगरी महिलाको मासिक स्राव अनियमित हुन्छ र योनीबाट धेरै रगत स्राव हुन्छ ।

पाठेघरको मुखको क्यान्सरलाई निकै खतरनाक मान्ने गरिन्छ । किनभने यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ । यसले शरीरका भित्री अंगहरुमा नराम्ररी प्रभावित बनाउँछ ।

जबकी पाठेघरको मुखको क्यान्सर क्रमस विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा पाउँदैनन् । जब समस्या गंभिर बन्छ, तबमात्र यो क्यान्सर फैलिएको थाहा हुन्छ । यदि सुरुवाती चरणमै यसको लक्षण थाहा भयो भने उपचार संभव र सहज हुन्छ । त्यसैले शरीरमा देखिने केही यस्ता संकेतपछि सर्तक हुनुपर्छ ।

असामान्य रक्तस्राब

सामान्यत पाठेघरको मुखको क्यान्सर ३५ देखि ४० बर्षको उमेरपछि हुनेगर्छ । यद्यपि यसको संकेतबाट रोग पहिचान गर्न सकिन्छ । यदि शारीरिक सम्बन्ध र रजनोवृत्तिपछि पनि धेरै रक्तश्राब भयो, प्रजनन अंगमा दुखाई महसुस भयो भने यो पाठेघरको मुखको क्यान्सरको लक्षण हो । यस्तो स्थितिमा तपाईंले तुरुन्तै चिकित्सकको परामर्श लिन आवश्यक छ ।

वाइट डिस्चार्ज हुनु

अक्सर महिलाले वाइट डिस्चार्ज जस्ता समस्यालाई आम समस्या मानेर नजरअन्दाज गर्छन्, जो पछि गएर निकै खतरनाक सावित हुनसक्छ । यस्तो समस्यालाई नजरअन्दाज गर्नु हुँदैन किनभने यो पाठेघरको मुखको क्यान्सरको लक्षण पनि हुनसक्छ ।

कोखको पीडा

मासिक धर्ममा सामान्यतः महिलाको कोखमा दुखाई अनुभव हुँदैन । तर, अचानक हल्का वा तिब्र दुखाई महसुस हुन थालेमा त्यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुनसक्छ । यस्तो स्थितिमा तपाईंले तुरुन्तै चिकित्सकलाई भेट्नुपर्छ ।

पिसाब गर्दा पीडा

यदि पाठेघरको लक्षणलाई नजर अन्दाज गरियो भने यो क्यान्सर यतिसम्म बढ्न पुग्छ कि त्यसले पिसाबको थैलीसम्म पुग्न सक्छ । यसले गर्दा पिसाब फेर्दा कठिन हुन्छ । यस्तो स्थितिमा पनि तपाईंले तुरुन्तै चिकित्सकलाई भेट्नुपर्छ ।

गुप्ताङ्गमा जलन

मासिक स्रावका क्रमममा वा सम्बन्ध बनाइरहेको बेला रक्तश्राव हुनु वा अचानक गर्भाशयमा जलन हुनु पनि पाठेघरको मुखको क्यान्सरको लक्षण हो । यस्तो लक्षणलाई नजरअन्दाज नगरौं ।