Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

परोपकारी युवा संजालद्वारा अत्तरखेलको अनाथलयमा शैक्षिक सामाग्री वितरण

Tuesday, August 27, 2019 National Power

काठमाडौं । परोपकारी युवा संजाल नेपालले गोकर्णेश्वर नगरपालिका अत्तरखेलमा रहेको बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेसन अनाथालयमा आश्रित बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

संजालका सदस्य रमेश सापकोटाका अनुसार अनाथलयका २४ जना अनाथ बालबालिकाको लागि पंखा, स्टेशनरी सामाग्री, किताब राख्ने दराजलगायत सामाग्रीहरू वितरण गरिएको छ

सहयोग वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नगरपालिकाका सल्लाहकार दीपक रिजाल,लगायतको सहयोग र उपस्थिति रहेको थियो ।

संजालका सदस्य सापकोटाका अनुसार उक्त सामाग्रीहरू पुरूषोत्ताम गुप्ता, रजनीश गुप्ता, विरेन्द्र शाह, रामशरण धिताल, घनश्याम विष्ट रेजिना राइ लगायतले सहयोग गरेका थिए ।