Monday 19th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

रवि लामिछानेले पुडासैनी मृत्युबारे कार्यक्रम चलाउन नपाउने

Monday, August 26, 2019 National Power

काठमाडौं – शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कार्यक्रम चलाउन नपाउने भएका छन् । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ ।

अदालतको अनुमतिमा मात्र रविले विदेश जान पाउने आदेश छ । साथै उनले यो मुद्दाबारे आफ्नो टेलिभिजन कार्यक्रम चलाउने पाउने छैनन् । लामिछाने सञ्चालक रहेको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका पूर्व पत्रकार पत्रकार पुडासैनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो भेटिएछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा चलाइएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ ।