Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

पुडासैनी आत्महत्या प्रकरण : भरतपुरमा निषेधित क्षेत्र घोषणा

Monday, August 19, 2019 National Power

चितवन – जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । रबि लामिछाने पक्राउ परेकै भोलिपल्टदेखि प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले शान्ति कायम गर्न बाध्य भएर क्षेत्रलाई निषेधित घोषणा गरेको हो ।
चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनका डीएसपी दीपेन्द्र शाहले बताए।उनका अनुसार निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् ।

उनले भने,‘ दिनहुँको प्रर्दशन र नारावाजीले कामकाजमा बाधा परेकाले शान्ति कायम गर्न चौबीसकोठीदेखि मालपोतचोकसम्मका क्षेत्रमा प्रर्दशनमा रोक लगाइएको हो, यदि कसैले निषेधित क्षेत्रमा प्रदर्शन ग¥यो भने कानुन बमोजिम कारवाही हुनेछ।ु

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रविलगायतका सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि यी क्षेत्रमा प्रदर्शन हुँदै आएको छ । अहिले जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । यसअघि लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो। घटनामा एक असईसहित सातजना प्रहरी घाइते भएका थिए। चार जनाको खुट्टा र तीन जनाको हातमा चोट लागेको थियो ।

पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएपछि प्रर्दशन थप चर्किएको छ। चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै सुरु हुने गरि ५ दिन हिरासतमा राख्न म्याद थप गरेपछि प्रहरीले अनुसन्धान थालेको हो।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका पत्रकार पुडासैनी नारायणगढको पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा साउन २० गते राती मृत फेला परेका थिए। आत्महत्या अघि पत्रकार पुडासैनीले मोबाईलमा रेकर्ड गरेको भिडियो गत बुधबार सार्वजनिक भएको थियो। भिडियोमा कार्की, लामिछाने र कडेंलका कारण मर्नु परेको मृतक पुडासैनीले बोलेका थिए।