Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

कञ्चनपुरमा भारी वर्षा, महाकाली किनारका बासिन्दालाई सतर्क रहन अनुरोध

Tuesday, August 6, 2019 National Power

कञ्चनपुर – कञ्चनपुर र आसपासका जिल्लाका अधिकांश स्थानमा भारी वर्षा भइरहेकाले जोखिम बढेको छ । कञ्चनपुरको महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले अनुरोध गरेको छ ।

भारी वर्षासँगै महाकाली नदी पारीगाउँ, डडेलधुरा बाढी मापन केन्द्रमा बहाब बढ्दो छ । सतर्कता तहभन्दा तलै भए पनि बेलुकासम्मै सतर्कता अपनाउनुपर्ने केन्द्रको भनाइ छ । अविरल वर्षासँगै झरेको पहिरोका कारण महाकाली लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । महाकाली लोकमार्गको गोकुलेश्वर-खलंगा सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेर गाडी चल्न नसकेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मले जनाएको छ ।

यस्तै बैतडी जिल्लामा पर्ने बंगाबगड क्षेत्रमा पनि पहिरो खस्दा दार्चुलाबाट काठमाडौं, महेन्द्रनगर, धनगढी लगायतका स्थानमा आवात-जावत गर्ने सवारी साधनहहरु चल्न सकेका छैनन् । यसैबीच दार्चुलाको महाकाली नगरपालिका बडाली गाउँभन्दा तल पहिरो खस्ने क्रम जारी रहेकाले १३ घर धुरी जोखिममा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाले जनाएको छ ।

पहिरोका कारण घरहरु जोखिममा परेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरीका डिएसपी डम्बर बहादुर विष्ट नेतृत्वको २५ जनाको टोली र जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक रबिन्द्र कठायत नेतृत्वको टोली उद्धारका लागि खटिएको छ ।