Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

मातृभुमि हिरो २०१९ कमल ढकाललाई

Thursday, August 1, 2019 National Power


१६ , काभ्रेपलान्चोक – बनेपा रोटरी क्लब अफ मातृभुमि बालुवाटरले सामाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई
प्रदान गरिने मातृभूमि हिरो –२०१९ बाट यूवा संचारकर्मी, लेखक कमल ढकाललाई सम्मान
गरेको छ ।
रोटरी क्लब अफ मातृभूमि बालुवाटारले आफ्नौ चौथो पदस्थापन कार्यक्रममा उक्त सम्मान ढकाललाई प्रदान गरेको हो । ढकाल गो–अहेड पुस्तकका लेखक हुन् भने घोष्ट राईटिङ नेपालका अध्यक्ष हुन् ।
हरेक वर्ष सामाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने यो पुरस्कारले यो वर्ष बाट सुरु गरिएको रोटरी क्लब अफ मातृभुमि बालुवाटरको निवर्तमान अध्यक्ष विष्णुहरी दाहालले जानकारी दिए ।
कार्यक्रममा चर्चित हाँस्य कलाकार एवं समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ ले रंगशाला निर्माणमा रोटरीको सहभागिता रहनेमा आफु विश्वस्त भएको बताए ।
कार्यक्रममा वर्ष २०१८–१९ को वेष्ट रोटरीयन क्लबका सचिव नारायण अधिकारी तथा वेष्ट रोट¥याक्ट अवार्ड प्रकाश पाठकलाई प्रदान गरिएको छ ।
डिस्ट्रिक्ट ३२९२ मा यूवाहरुको क्लब भनेर चिनिने रोटरी क्लब अफ मातृभूमि बालुवाटारको पदस्थापन कार्यक्रममा वर्ष २०१८–१९ का प्रेसिडेन्ट विष्णुहरि दाहालले गंग प्रदान गर्दै वर्ष २०१९–२० का प्रेसिडेन्ट जयरामलाई सिग्देलले पदभार हस्तानतरण गरेका छन् ।