Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

माईतिमा जाउँ कसरी जाउँ भन्दै बजारमा आईन गायिका कविता थापा

Wednesday, July 31, 2019 National Power

काठमाण्डौ- नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा कवीता थापाको स्वर ,शब्द र संगीत रहेको तीज गीत माईतिमा जाउँ कसरी जाउँ.. सार्वजनिक भएको छ । बबीता श्रेष्ठको निर्देशनमा रहेको गीतको भिडियोमा अञ्जली अधिकारी, अर्जुन खरेल लगायतका कलाकारको नृत्य अभिनय रहेको छ ।

भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् । ‘ हामीले तीजलाई लक्षित गरी मौलिक तीज गीत पस्किएका छौ, स्रोता र दर्शकको मन जित्नेमा आशावादी छौ’, गायिका थापाले भनिन ले भने । त्यस्तै निर्देशक बबीता श्रेष्ठले राम्रो गीत स्रोता र दर्शक माझ ल्याएकोले पनि सबैको साथ पाउनेमा आशावादी रहेको बताइन् ।

रेशम दर्लामीले छायाँकन गरेको म्युजिक भिडियोमा नृत्य निर्देशन गोविन्द श्रेष्ठले गरेका छन् । गीतमा माईति जानलाग्दा खोलीले छेकेको, डाडाले छेकेको लगायतका बाटोमा आई परेका आरोह अवरोहहरुलाई गीतीलयमा प्रस्तुत गरिएको छ ।