Monday 27th January 2020

    बाध्य भए पराइको हुनलाई बोलको गित सार्वजनिक    बले र अन्जलीको टाला टुली बाटुली भिडियो    काठमाण्डौ उपत्यका नजिकै दुई प्याराग्लाइडिङ जोन थपिए    सनम कठायत र ऋचा थापा आकर्षक प्रेम मुन्द्रामा (भिडियो सहित)    मकर स्नान गरी देशैभरि उल्लासका साथ माघे संक्रान्ति मनाइँदै

आमिरसँग अक्षयको भिडन्त

Tuesday, July 30, 2019 National Power


बलिउड नायक आमिर खान गतबर्षको असफल चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’का कारण गम्भिर छन् । तिहारमा रिलिज भएको चलचित्र नचल्दा आमिरले लामै समय ब्रेक लिएर नयाँ चलचित्र घोषणा गरे । उनले घोषणा गरेको नयाँ चलचित्रको नाम, ‘लाल सिंह चड्डा’ हो । यो चलचित्रका लागि आमिरको गेटअप समेत बदलिएको छ । यो चलचित्रमा नायिका करिना कपुर पनि फाइनल भैसकेकी छिन् । यो चलचित्र सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ । तर, अब भने आमिरले क्रिसमसमा सोलो रिलिजको अवसर नपाउने भएका छन् ।

यो मितिमा नायक अक्षय कुमारको मुख्य भूमिका रहने चलचित्र ‘बच्चन पाण्डे’ रिलिज हुने भएको छ । यो चलचित्रको फस्टलुक सहित प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्न लागेका हुन् । चलचित्रलाई फरहाद साम्जीले निर्देशन गर्दैछन् । ‘बच्चन पाण्डे’ एक्सन चलचित्र हो । क्रिसमसमा लक्की मानिदै आएका आमिरलाई यसपटक भने अक्षयले ठूलै चुनौती दिने विश्लेषण गरिएको छ ।