Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

‘स्टार ईन्टरनेशनल अवार्ड’को उत्कृष्ट टप ३ मनोनयन कार्यक्रम भव्य रुपमा सम्पन्न

Sunday, July 21, 2019 National Power

काठमाण्डौ – स्टार ईन्टरनेशनल अवार्डको उत्कृष्ट टप ३ मनोनयन प्रमाण पत्र वितरण तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आषाढ ३१ गते सम्म आवेदन दिने स्रष्टाहरु मध्येबाट ६७ विधामा उत्कृष्ट टप ३ को मनोनयन पत्र एवं सम्मान प्रदान गरिएको थियो । नेपालका विशिष्ट अतिथीहरु चलचित्र बिकास वोर्डका अध्यक्ष केशव भट्राई, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ,बरिष्ठ अभिनेत्री बसुन्धारा भुषाल, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल, बरिष्ठ नायक सरोज खनाल, बरिष्ठ गायक आनन्द कार्की, बरिष्ठ कलाकार किरण केसी, बरिष्ठ गायिका ज्ञानु राणा,बरिष्ठ गीतकार डा।कृष्ण हरि बराल, वरिष्ठ गायक सिताराम पोख्रेल सर्लाही जिल्ला नेकपा अध्यक्ष रेवती पन्त लगायतको हातबाट उक्त मनोनयन पत्र तथा मेडल प्रदान गरिएको थियो ।

लाजिम्पाट स्थित होटल लि हिमालयमा आयोजित उक्त कार्यक्रममा विदेशमा रहेर पनि गीत संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेर उत्कृष्ट योगदान दिए बापत अन्तराष्ट्रिय कलाकार मन्चका केन्द्रिय अध्यक्ष तथा वरिष्ठ लोक गायक एवं संचारकर्मी राम प्रसाद खनाललाई स्टार अफ किङ्ग कतारले स्टार अफ दि यिएर को अवार्ड प्रदान गरेको थियो । सोही कार्यक्रममा स्टार ईन्टरनेशनल अवार्ड आयोजनाका लागी उल्लेख्य भूमिका खेल्ने व्यबसायी अच्यूत सुवेदी , अमेरिकामा रहेर कला क्षेत्रमा सक्रिय नायक एवं मोडल रिसब पोखरेल आयोजक स्टार अफ किङ्गका प्रमुख मुनीर अव्दुल रहमान कान्डोथ तथा वरिष्ठ कानूनी सल्लाहाकार एवं स्टार ईन्टरनेशनल अवार्डका संयोजक नासिर अव्दुल रहमान लाई अवार्डका नेपाल संयोजक पेजेन्ट नेपाल तथा अरोमा ईन्टरटेनमेन्टबाट सम्मान गरिएको थियो ।

आगामी अगष्ट १२ का दिन ईदका अवसरमा कतारको दोहा स्थित भव्य हल रिजेन्सी हलमा आयोजना हुने उक्त अवार्डका लागी उत्कृष्ट टप ३ सम्मान ग्रहण गर्न मनोनयनमा पर्ने चर्चित कलाकारहरुको बाक्लो उपस्थितीले हल खचाखच भरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी झलनाथ खनालले यसरी विदेशी आयोजकले नेपाली कलाकारहरु प्रति देखाएको यस किसिमको अन्तराष्ट्रिय सम्मान प्रति आयोजक एवं कार्यक्रम संयोजन गर्ने आयोजक टिम प्रति धन्यवाद व्यक्त गर्नु भएको थियो भने यसलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।

कतार, कुवेत, यु।ए।ई लगायत गल्फका देशहरुमा आफ्ना व्यापार व्यवसाय विस्तार गरि सयौ नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै आएको र नेपाली कलाकारितालाई माया गर्ने संस्था स्टार अफ किङ्गसले नेपाली मनोरन्जन ईतिहासमा पहिलो पटक अवार्डका लागी टप ३ बाट छनौट भएका विजेता कलाकारलाई अन्तराष्ट्रिय अवार्ड वितरण गर्नुका साथै वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ गायक सिताराम पोख्रेल,वरिष्ठ कलाकारहरु निरु खड्का, जानुका प्याकुली, नायक श्रीदेव भट्राई, समाजसेवी तिल बहादुर कार्की, गोकर्ण लामीछाने ,महिला व्यबसायी सुशिला थापा, संचारकर्मी गीता अधिकारी, लगायत कतारमा रहेका केहि विशिष्ट स्रष्टालाई सम्मान गर्न लागेको हो ।

लामो समयदेखि नेपालको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु आयोजना गर्दै लोकप्रिय संचारमाध्यम समेत संचालन गर्दै आईरहेको पेजेन्ट नेपाल तथा अरोमा इन्टरटेनमेन्टले संयोजन गरेको उक्त कार्यक्रममा करीब १५०० जना नेपाली, भारतीय तथा कतारी दर्शकको उपस्थितीमा नेपालका चर्चित कलाकारहरुको मनोरन्जनात्मक कार्यक्रम समेत रहने छ ।