Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

गायिका ईन्दिरा भट्टराईको नाचौ मितिनी सार्वजनिक

Thursday, July 18, 2019 National Power

गायिका ईन्दिरा भट्टराईको पिर सुर्ता कुल्चिएर नाचौ मितिनी बजारमा आएको छ । नेपाली मोलीकपन झल्किने उक्त गीतलाई ईन्दिरा ईन्टरटेनमेन्टले युटुवमा ल्याएको छ । नेपाली नारीहरुको माहान चांड हरितालिका तिजको अवसर पारेर बजारमा ल्याईएको गीतको रातो पुरल स्थित रकहाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरि गायिका भट्टराई ले सार्वजनिक गरेकी छन् ।

गीतमा वरिष्ठ गीतकार दिनेश अधिकारीका शब्दरहेका छन् भने संगीत सन्तोष श्रेष्ठले दिएका छन् । तिजको मौलीकता हराउदै गईरहेको अवस्थामा यस गीतले केही हदसम्म भए पनि हराउदै गएको तिजको मौलीकतालाई जोगाई राख्न मद्धत गर्ने विश्वास लिएको गीतकार अधिकारीले बताएका छन् । त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका उपसचिव जनार्दन बडालले तीजको विशेषता माथि प्रष्ट पार्दै गीत राम्रो बनेको बताए । उपसचिव बडालले गीत समग्रमा राम्रो बनेको र गीतमा समावेश गरिएका शब्द, भिडियो निर्देशन तथा गायनमा मौलिकतापन झल्किएको बताए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै रंग पत्रकार शान्ति प्रियाले विकृतिमुलक गीत नभएको उल्लेख गरे । गीतमा समाबेश गरिएको मौलिक शब्दहरुको तारिफ गर्दै तीजको माहोलमा यस गीतले छुट्टै पहिचान दिनेमा आफु विश्वस्त रहेको उल्लेख गरे ।

वरिष्ठ गीतकार तथा कवि दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका उपसचिव जनार्दन बडाल, संगीतकार सन्तोष श्रेष्ठ, रंग पत्रकार शान्ति प्रिया, फिल्मी पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, गायक सिताराम पोखरेल, गायक राज सागर, निर्माता निर्देशक माधव खरेल, प्यासेन नेपालकी सिइओ ममता बस्नेत लगायत विभिन्न सांगीतिक क्षेत्रका व्यक्ति तथा विभिन्न सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

भिडियोमा चर्चित मोडल सम्झना बुढाथोकी र नितुकोईरालालाई फिचरिङ गरिएको छ । निर्देशन पनि सम्झना बुढाथोकी कै रहेको छ भने छायांकन भागिरथ गाहा र सम्पादन विष्णु शर्माले गरेका छन् ।