Saturday 31st October 2020

    आकाशदीपदान, तुलसी पूजा र कार्तिक स्नान आजबाट शुरु हुँदै, सौभाग्य मिल्ने विश्वास    सुजाताले गरिन् काँग्रेस सभापतिको उम्मेदवार बन्ने घोषणा    बालुवाटारमा ‘कोर-टिम’ सँग ओलीको छलफल    कोरोना भाइरसबाट बच्ने उपाय भनेकै सावधानी अपनाउनु हो    कोरोना संक्रमित पत्रकार भन्छन् : ‘सोचे झैँ कोरोना रहेनछ’

पुजनको ‘झरी’ विमोचित।।

Wednesday, July 17, 2019 National Power


मंगलबार लभ एण्ड सपोर्ट फाउण्डेसनको आयोजनामा काठमाण्डौको माइकल ग्रिल्स रेस्टुरेन्टमा ग्लोबल नेपाली फिल्म,म्युजिक मिडिया एण्ड सोसियल अवार्ड संपन्न भएको छ । उक्त कार्यक्रममा सिक्किमका प्रतिभाशाली संगीतकार तथा गायक पुजन लोहागणको एकल संगीतमा रहेको गीति एल्वम ‘झरी’को विमोचन कार्यक्रम सम्पन्न भयो। ‘झरी’ गीति एल्बमलाई वरिष्ठ संगीतकार आनन्द राईले समीक्षा गरेका थिए । एल्बममा रहेका पाँचै वटा सिर्जना शव्द,संगीत र स्वरको उत्कृष्ट संगम रहेको बताएका थिए ।

गायकको रुपमा ‘निनाद’ एल्बम निकालिसकेका पुजनको एकल संगीतकारको रुपमा मनु कन्दङवा रचित गीतहरुको “डायरी” आइसकेको छ । M6 FILMS Hong Kong  को प्रस्तुती रहेको ‘झरी’ एकल संगीतकारको रुपमा उनको दोस्रो एल्बम हो ।

हङकङलाई कर्मथलो बनाएका गीतकारहरु हेमकुमार लावती, मनु कन्दङवा, छेवाङ लामा र रबिन बान्तावा खाहोङ राईका शब्दहरुलाई क्रमशः अनुपमा प्रधान, पुजन लोहागण,अनुपमा प्रधान र कर्मा ग्याल्जेन बोम्जनले स्वर दिएका छन् भने हङकङेली गायक ज्ञान सुब्बाले सिक्किमेली गीतकार कमल रेग्मीको गीत गाएका छन् । फनिन्द्र राई, चाँद सिं र इजाज अलीले संगीत संयोजन गरेका छन् ,मिक्सिङ र मास्टरिङ् मिन बिष्ट, इजाज अली र दिपेश प्रधानले गरेका छन् ।