Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

रेखा पौडेलको तीज कोशेली ‘बरिलै तीजमा’ सार्वजनिक

Wednesday, July 17, 2019 National Power

काठमाडौं- नेपाली महिलाहरुको महान चार्ड तीज । तीजमा तीज सम्बन्धि गीतहरु हरेक वर्ष सार्वजनिकक हुने गर्दछन् । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज सम्बन्धि गीतहरु भने सार्वजनिक भइरहेका छन् । यसै मेसोमा सङ्गीतकार तथा गायिका रेखा पौडेलको तीज कोशेली ‘बरिलै तीजमा‘’ सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक गरिएको रेखाको ‘बरिलै तीजमा‘’ मा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकासँगै रेखा र अन्य कलारको पनि आकर्षक नृत्य रहेको छ भिडियोमा । गोविन्दप्रसाद उपाध्यायको शब्द रहेको यो तीजगीतमा कृष्ण बि।क।को एरेञ्ज र श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको छ ।

विदुर सिवाकोटी नृत्य निर्देशन, भिजन सिवाकोटीको सहायक निर्देशन रहेको गीतको भिडियोलाई शिव पंगेनी र समूहले छायाँकन गरेको हो । मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।‘तीजमा मौलिक तीज गीत स्रोतारदर्शकमाझ हामीले पस्किएका छौ सबैले मन पराइदिनेमा आशावादी छौ’, गायिका तथा सङ्गीतकार रेखाले भनिन् ।