Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

पिता–पुर्खाको शव जोगाएर राख्न किम जोंग उनद्वारा उत्तर कोरियाली जनतासँग पैसा माग

Monday, July 15, 2019 National Power

एजेन्सी- उत्तर कोरियाली शासक किम जोंग–उन आफ्ना पिता–पुर्खाको शव जोगाएर राख्न र सर्वसाधारणका लागि प्रदर्शनमा राख्न कारखानाका कामदारसँग पैसा माग गरिरहेका छन् । मिरर डट को डट युकेका अनुसार उत्तर कोरियासँग आफ्ना पूर्व शासक किमक्ष्क्ष्–सुङ र उनका छोरा किम जोंग–इलको शव जोगाउन पर्याप्त रकम छैन । त्यसकारण सर्वोच्च नेताले आफ्ना नागरिकबाट एक वर्षमा ३,२०,००० पाउन्ड (चार करोड ३९ लाख रुपैयाँ) जम्मा होस् भन्ने चाहन्छन् । किमका हजुरबुवा र बुवाको शव राजधानी प्योंगयांगको कुम्सुसान प्यालेस अफ द सनमा राखिएको छ ।

स्रोतका अनुसार शवलाई जोगाउनका लागि जति रकम खर्च भइरहेको छ त्यो अब देशले धान्न नसक्ने अवस्थामा पुगेकाले किम जोंग उन जनताबाट पैसा उठोस् भन्ने चाहन्छन् । किमको सत्ताले कारखानाका कामदारसँग पैसाको माग गरिरहेका छन् । यसबापत् ती कामदारले ‘सर्टिफिकेट अफ लोयल्टी’ (इमान्दारिताको प्रमाणपत्र)पाउनेछन् । तर एक रिपोर्ट अनुसार किमको यस्तो योजनामा मानिसहरु खुसी छैनन् । स्रोतले भनेको छ, ‘उत्तर कोरियामा मानिसहरुको जीवनशैली कस्तो छ भन्ने कुरा वास्ता नगरिकन शवलाई कुहिन बाट जोगाउनका लागि गरिब जनताबाट पैसा माग्नु कति उचित होला भन्ने धेरैको धारणा छ ।’

रेडियो फ्रि एसियाले भनेको छ, ‘किम –सुङ र किम जोंग–इलको कोषलाई दान दिने कारखानाका कामदारलाई प्रमाणत्र दिनका लागि एक कार्यक्रमको आयोजना गरिएको थियो ।’ ‘उनीहरुले पैसा दान दिने पार्टीका सदस्य र कामदारलाई प्रमाणपत्र दिएका थिए ।’ ‘उक्त पैसा प्यालेस अफ द सनलाई व्यवस्थित र यसको मर्मत सम्भारमा प्रयोग हुनेछ ।’