Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

बाढीले बगाउँदा पर्सागढीमा बालकको मृत्यु

Friday, July 12, 2019 National Power

वीरगञ्ज – पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ । बगाएको स्थानबाट झण्डै दुई किलोमिटर पश्चिम बडेर्वा गाउँबाट स्थानीयले उद्धार गरेका थिए ।

उद्धार गरेर गण्डक अस्पतालमा उपचारका लागि लग्दा अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । बालकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।