Friday 19th April 2024

    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै

भारत जाँदा केटा, नेपाल आउँदा केटी …

Tuesday, July 9, 2019 National Power

काठमाडौं – काम विशेषले भारतमा गएका कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह माल आफुलाई जबरजस्ती लिङग परिवर्तन गराएको भन्दै मिडियामा आएका छन , मंगलवार रिपोटर्स क्लब नेपालमा आफ्ना बुवासँगै आएकी पीडित मालले आफुलाई न्याय र बाँच्न पाउने आधारको खोजी गरेको स्पष्ट पारिन् ।
नेपालमा कक्षा प्लस २ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ब्यक्तिले आफुलाई अहिलेको हालतमा पुर्याएको
उनको भनाई छ . उनले भनिन्,‘मलाई इलियासले अपहरण गरेर लामो समय मलाई थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे ’ सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफुलाई बेहोस बनाएर जवरजस्ती आफ्नो लिङग परिवर्तन गराउने काम भएको उनले सुनाईन् , उनले घट्ना स्मरण गर्दैै भनिन्,‘म त्यहाँ कुनै होटेलमा वेटरको काम गरिरहेको थिएँ, त्यही बेला एक जना नेपाली तेश्रो लिङगी महिलाले मलाई यहाँभन्दा दोब्बर तलब पाउने प्रलोभन देखाई आफ्नो डेरामा लगेर गएका थिए ।

एक/दुई दिन आफुलाई कुनै काम नलगाएपनि पाकिस्तानले वायुमा कुनै हानिकारक ग्याँस छोडेको जनाउदै त्यसको एन्टीवायोटिक औषधिका रुपमा आफुलाई अस्पतालबाट एक जना डक्टर र नर्स बोलाएर सिरिन्ज लगाएको र त्यसपछि होसमा आउँदा फेरि सिरिन्ज लगाएर महिनौंसम्म बेहोस बनाएर राखेको उनको भनाई छ ।.
आफुलाई चार÷पाँच दिनमा होसमा आउदा पुनः सिरिन्ज लगाएर बेहोस बनाई राखेको भन्दै उनले यस्तो प्रक्रिया तीन महिनासम्म चलेको उनले सुनाईन् . उनले थपिन्,‘करिव साढे तीन महिनापछि मलाई थाहै नभएको अस्पतालबाट पुनः जम्बु ल्याए ’ आफुलाई जहाँ लैजाँदा पनि बेहोस बनाएर लैजाने गरेकाकारण आफुलाई कहाँ, किन र के कारणका लागि लैैजाँदैछ भन्ने कुनै थाहा नभएको पनि उनले सुनाईन् , आफुलाई अस्तपालमा राख्दा महिलाको अंग बढाउने औषधि चलाएका कारण आफुमा महिलाको ‘हर्माेन’ विकास भएको उनले स्पष्ट पारिन् ।
आफ्नो लिङग परिवर्तन गराईसके पछि दुई बर्षसम्म समलिङगीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका कामहरु गर्न लगाउने र कमाएको पैसा लुटेर लैजाने गरेको पनि उनले बताईन् ,आफ्नो गोप्य अंग काटेर फालेको र लिङग परिवर्तन गराएको कुरा महशुस भएपछि आफुलाई सोध्नेसम्मको आँट नभएको उनको भनाई छ, अहिले आफ्नो लिङग काटेर फालेको र सिलाएर पिसाव गर्ने ठाँउमात्र राखेको भन्दै आफ्नो शरिरमा प्रजननसम्बन्धी कुनै विकास नभएको उनले जनाईन् , उनले आफ्नो शरीरभित्र पाठेघर नभएको र अहिलेसम्म रजश्वला पनि नभएको जनाईन् , उनले अहिले आएर आफूमा महिलासम्बन्धी विचारहरु आएपनि आफु पूर्ण महिलाका रुपमा विकास भैनसकेको पनि सुनाईन् ।
‘मलाई नपुसक बनाईयो , मर्न जाँदा आमा पनि संगै मर्न जान खोज्छिन , परिवारको जर्राे टार्न कामको लागि भारत गएको थिएँ, अहिले आफ्न्तको अगाडि मलाई बाँच्न नसक्ने बनाईयो ’– उनको भनाई छ आफुमा बाँच्ने कुनै रहर नभएको बताउँदै उनले यो उमेरमा आफुलाई यस्तो हालतमा पु¥याउनेको हालत आफ्नैजस्तै होस भन्ने पनि चाहना व्यक्त गरिन् , आफुलाई परेको गम्भिर समस्याको बारेमा सरकारको ध्यानाकर्षण होस भन्दै आफु मिडियामा उनको भनाई छ . मालले भनिन्,‘जीवनमा के गरेर बाँच्ने ? के खाने ? कहाँ बस्ने ? मलाई यी कुराले पिरोलेको छ, यी सबै कुराको सरकारले व्यवस्था गरिदिन पनि म यहीँबाट आग्रह गर्दछु ,’ ‘मलाई बाच्न शक्तिको आवश्यकत्ता छ , सरकारले कुनै मेरोजगारीको सुनिश्चितता गरिदिए म विगत बिर्सेर आफ्नो काममा लाग्ने थिएँ’–उनले विलौना गरिन् “अब मेरो परिवार छैन, मैले सन्तान जन्माउन सक्दिन, न त केटानै बन्न सक्छु , पिसाव गर्दा पहिला राम्रैसंग भएपनि अहिले आएर लुगा भिज्ने गरि छरिने र राम्रो संग नहुने जस्ता समस्या देखिँदै आएका छ ”– उनले दुःखेसो पोखिन् .

काठमाडौमा आफु न्याय माग्नको लागि आएको उनले सुनाईन, उनले थपिन्,“ म काठमाडौंमा अलपत्रजस्तै परेको छु, सरकारसंग मेरो एउटामात्रै आग्रह भनेको मलाई बाँच्ने आधार र वातावरण बनाईदिनु पर्यौ ” करिव चार वर्षसम्म आफुले भारतमा नरकीय जीवन बिताएको भन्दै उनले आफूलाई यो हालतमा पुर्याउने आरोपीलाई जतिसक्दो चाँडो कानूनी कारवाहीको दायरमा ल्याउन नेपाल सरकार र मिडिया जगतले भूमिका खेलिदिनुपर्ने आग्रह गरिन् ।

कञ्चनपुर प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी लिन नमानेको उनको भनाई छ, उनले भनिन्,‘मेरो लािग प्रहरीले पनि कुनैै न्यायको प्रयास नगरेपछि ममा आत्महत्याको विचार पलाउदै आएको थियो, तर मलाई आत्महत्या गर्नबाट परिवारकै सदस्यले रोक्ने काम गर्नुभयो ,’ आफुले प्रहरीसंग उक्त केसमा मुद्दा दर्ताको बिषयमा जानकारी लिन खोज्दा उल्टै आफ्ना दाजुलाई दुई घण्टासम्म थुनामा राखेको पनि उनको भनाई छ, “ म समाजमा बस्न नसक्ने अवस्थामा पुगेकी छु, म बच्चा जन्माउन पनि समर्थ छैन र बुवा बन्न सक्ने अवस्थामा छैन, अब मैले कसरी जीवन बिताउने ? मेरो आधार भन्ने केही छैन” –उनको भनाई छ , ‘सरकार म बाँच्न चाहान्छु . मलाई केहि गरेर खाने वातावरण बनाई दियोस ’उनको भनाई रहेको छ ।

अहिले आफ्नो लिङग काटेर फालेको र सिलाएर पिसाव गर्ने ठाँउमात्र राखेको भन्दै आफ्नो शरिरमा प्रजननसम्बन्धी कुनै विकास नभएको उनले जनाईन् , उनले आफ्नो शरीरभित्र पाठेघर
नभएको र अहिलेसम्म रजश्वला पनि नभएको जनाईन् , उनले अहिले आएर आफूमा महिलासम्बन्धी विचारह? आएपनि आफु पूर्ण महिलाको ?पमा विकास भैनसकेको पनि सुनाईन् .
‘मलाई नपुसक बनाईयो , मर्न जाँदा आमा पनि संगै मर्न जान खोज्छिन . परिवारको जर्राे टार्न कामको लागि भारत गएको थिएँ . अहिले आफ्न्तको अगाडि मलाई बाँच्न नसक्ने बनाईयो .’–उनको भनाई छ , आफुमा बाँच्ने कुनै रहर नभएको बताउँदै उनले यो उमेरमा आफुलाई यस्तो हालतमा पु¥याउनेको हालत आफ्नैजस्तै होस भन्ने पनि चाहना व्यक्त गरिन् , आफुलाई परेको गम्भिर समस्याको बारेमा सरकारको ध्यानाकर्षण होस भन्दै आफु मिडियामा उनको भनाई छ . मालले भनिन्,‘जीवनमा के गरेर बाँच्ने ? के खाने ? कहाँ बस्ने ? मलाई यी कुराले पिरोलेको छ, यी सबै कुराको सरकारले व्यवस्था गरिदिन पनि म यहीँबाट आग्रह गर्दछु ,’ ‘मलाई बाच्न शक्तिको आवश्यकत्ता छ , सरकारले कुनै रोजगारीको सुनिश्चितता गरिदिए म विगत बिर्सेर आफ्नो काममा
लाग्ने थिएँ’–उनले विलौना गरिन् ।
‘अब मेरो परिवार छैन . मैले सन्तान जन्माउन सक्दिन, न त केटानै बन्न सक्छु, पिसाव गर्दा पहिला राम्रैसंग भएपनि अहिले आएर लुगा भिज्ने गरि छरिने र राम्रो संग नहुने जस्ता समस्या
देखिँदै आएका छन्’–उनले दुःखेसो पोखिन् , अब आफ्नो भन्ने कोही नभएको र परिवारिक अवस्थापनि दिन प्रतिदिन कमजोर बन्दै गएका कारण पूनः शल्यक्रिया गर्ने आफ्नो हैसियत नभएकोले झन ठूलो समस्यामा परेको उनको गुनासो छ । ‘म पनि मानिस हुँ . मेरो पनि बाँच्ने रहर छ . तर, सरकारले कानून नै छैन भन्ने गरेको छ , अब यस्तो बिषयमा म के गरेर जीवन
बिताउने ?’–उनले प्रश्न गरिन् ।

करिव चार वर्षसम्म आफुले भारतमा नरकीय जीवन बिताएको भन्दै उनले आफूलाई यो हालतमा पुर्याउने आरोपीलाई जतिसक्दो चाँडो कानूनी कारवाहीको दायरमा ल्याउन नेपाल सरकार र मिडिया जगतले भूमिका खेलिदिनुपर्ने आग्रह गरिन् ।

कञ्चनपुर प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी लिन नमानेको उनको भनाई छ , उनले भनिन्,‘मेरो लािग प्रहरीले पनि कुनैै न्यायको प्रयास नगरेपछि ममा आत्महत्याको विचार पलाउदै आएको थियो, तर मलाई आत्महत्या गर्नबाट परिवारकै सदस्यले रोक्ने काम गर्नुभयो, ’ आफुले प्रहरीसंग उक्त केसमा मुद्दा दर्ताको बिषयमा जानकारी लिन खोज्दा उल्टै आफ्ना दाजुलाई दुई घण्टासम्म थुनामा राखेको पनि उनको भनाई छ , ‘म समाजमा बस्न नसक्ने अवस्थामा पुगेकी छु . म बच्चा जन्माउन पनि समर्थ छैन र बुवा बन्न सक्ने अवस्थामा छैन ,अब मैले कसरी जीवन बिताउने ? मेरो आधार भन्ने केही छैन ?’–उनको भनाई छ, ‘सरकार म बाँच्न चाहान्छु , मलाई केहि गरेर खाने वातावरण बनाई दियोस ’उनको भनाई रहेको छ ।