Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

विषादी नजाँच्नेसहित निकासी पैठारी आदेशमा तीन संशोधन

Monday, July 8, 2019 National Power

काठमाडौं – नयाँ संशोधनसहित असार २ गतेबाट कार्यान्वयनमा आएको निकासी पैठारी आदेशमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्नेसहित अन्य दुई विषय पनि पुनःसंशोधन गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको नयाँ संशोधनले जीवनरक्षक औषधिको भन्सार बिन्दुमा आइपुग्दा हुने उपभोग अवधि घटाएको छ भने नयाँ आदेश लागू हुनुपूर्व प्रतीतपत्र र बैंकिङ प्रक्रिया पुरा गरी आयात प्रक्रियामा रहेका वस्तुमाथिको प्रतिबन्ध पनि हटाइएको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेर राजपत्रमा प्रकाशन तयारीमा रहेको नयाँ संशोधनले औषधिको उपभोग अवधि भन्सार विन्दुमा आइपुग्दा ७५ प्रतिशत रहने प्रावधानलाई ६० प्रतिशतमा झारेको छ ।

जेठ १० गतेको मन्त्रिपरिषद्बाट स्वीकृत निकासी पैठारी आदेशको भाग ५–प्रकरण (४), खण्ड (ढ) अन्तर्गत क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थको पैठारीमा पूर्ण प्रतिबन्ध, सोही सूचनाको प्रकरण (६)खण्ड (ख)अन्तर्गत उपभोग्य वस्तुको पैठारी गर्दा भन्सार विन्दुमा आइपुग्दा रहने वस्तुको उपभोग अवधि ७५ प्रतिशत हुनुपर्ने र प्रकरण (६) को खण्ड (ग) को ताजा तरकारी तथा फलफुल पैठारी गर्दा सम्बन्धित भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने प्रावधान पुनः परिमार्जन गरिएको हो ।