Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ति अझै भेटिएनन्

Wednesday, July 3, 2019 National Power

जुम्ला -प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । २०७३ सालको मंसिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए ।

चोरी भएको झन्डै एक महीनासम्म स्थानीयवासीले दैनिकजसो प्रशासन घेराउलगायत विरोधका विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । तत्कालीन प्रहरी महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर मूर्ति चोरीबारे अनुसन्धान गरेको थियो । तर अहिलेसम्म पनि अनुसन्धानको नतिजा आइसकेको छैन । जिल्ला प्रहरी प्रमुख सीताराम रिजालले मूर्ति नभेटिएसम्म अनुसन्धान जारी रहने बताए ।

‘कोहलपुरमा शङ्ख फेला परेपछि जुम्ला ल्याएर पहिचान र निर्माणकालको निर्क्यौल गर्नका लागि गुठी व्यवस्थापन समितिलाई देखाएका थियौँ,’ उनले भने । उनले केन्द्रबाटै यसबारे अनुसन्धान भइरहेको बताए ।

मन्दिरबाट चोरी भएका मूर्तिमध्ये गुठीचौर गाउँपालिकाको देपालगाउँस्थित रोकायावाडा र वडारासडाको बीच बाटोमा १४ वटा मूर्ति र दुई शङ्ख बेवारिसे अवस्थामा फेला परेका थिए ।