Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

भारतीय तरकारी र फलफूलमा नेपालको नाकाबन्दी

Monday, July 1, 2019 National Power

सरकारले गरेको एउटा निर्णयले भारतमा हल्लीखल्ली मच्चिएको छ भने नेपालमा खुसीयाली छाएको छ । भारतबाट आयात हुने अधिकांश हरियो तरकारी र फलफूलमा जनस्वास्थ्यलाई गम्भीर असर गर्ने विषादीको अत्यधिक प्रयोग गरेको प्रमाणित भएपछि सरकारले तरकारी र फलफूल आयातमा कडाई गरेको हो ।

सरकारले भारतीय तरकारी तथाा फलफूलमा एक किसिमको नाकाबन्दी नै लगाएको छ । तरकारी तथाा फलफूल आयात हुने प्रमुख नाकाहरुमा भारतीय ट्रकको लामो लाइन छ । भारतबाट आयात नहुँदा उपत्यका लगायत देशका अधिकांश भागमा तरकारी र फलफूलको मूल्य बढे पनि आम उपभोक्ताले भने विषादीयुक्त वस्तु सेवन गर्न पाइरहेका छन् । भारतको कर्णाटक, मध्यप्रदेश, महाराष्ट्रका अलगअलग जिल्लाबाट नेपालमा तरकारी आयात हुन्छ ।

खुला सीमाका कारण तरकारी जाँचेर आयात गर्न नसकिँदा राजधानी काठमाडौंमा विषाक्त तरकारी भित्रिरहेको थियो । काठमाडौंमा दैनिक ६ सय ५० देखि ७ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको छ । यसमध्ये अधिकांश बन्दा, खुर्सानी, पर्वर, इस्कुस, प्याज, आलु भारतबाट ल्याइन्छन् ।