Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

पनौतीका थप दुइ वडा शनिवार बाल मैत्री घोषणा हुदै

Friday, June 28, 2019 National Power

१२ , असार / पनौती – काभ्रेको पनौती नगरपालिकाका थप दुइ वटा वडा आगामी शनिवारबाट बालमैत्री स्थानिय शासन लागु भएका वडाका रुपमा विकास हुने भएका छन्् । पनौती नगपालिका वडा नं।२ र ३ संयुक्त बालमैत्री वडा घोषणा शनिवार एक कार्यक्रम विच सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले गर्ने भएका हुन्् ।

साविक कुशादेवी गाविस रहेको २ र ३ नं। वडामा यतिबेला बाल मैत्री अभियानले सामाजिक अगुवाहरुलाइ व्यस्त बनाएको देखिन्छ । बालमैत्री घोषणा पूर्व पुर्याउनु पर्ने ३९ वटा सुचकमा दुवै वडा सक्षम भएको रिपोर्टको आधारमा आगामी शनिवार घोषणा हुदै छन््, नगरप्रमुख भिम न्यौपानेले भने‘पनौतीका सबै वडा केही वर्षमा नै बालमैत्री घोषणाको तयारीमा लागेका छौंसउनले थपे, एक बालबालिकाको लागि हामीले लगानी गरेर मात्रै,भविष्यमा हामी समृद्धिमा पुग्ने छौं ।

बाल मैत्री स्थानिय शासन प्रचार प्रशार समितीका अनुसार १४ गते शनिवार राष्ट्रिय कलाकार, स्थानिय कला संस्कृतिको प्रर्दशन गर्दै बालमैत्री वडा दिउसो १ बजे मन्त्री बास्कोटाले गर्ने छन्् । बालमैत्री वडा घोषणाका लागि सबै तयारी पुरा भैसकेको वडा कार्यालयले जनाएको छ । पनौती नगरपालिकाको १२ नम्बर वडा यस अगाडी जिल्ला कै पहिलो बालमैत्री वडाका रुपमा घोषणा भैसकेको छ ।