Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

ज्योतिको कती रातहरु…

Thursday, June 27, 2019 National Power

काठमाडौं – चित्रकार, गायक एवं संगीतकार ज्योति प्रकाशको स्वर र संगीतमा रहेको कति रातहरु बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । यस अघि विन्ती छ मलाई, हिजो भन्दा आज राम्री, जाने निस्ठुरी लगायतका गीतबाट सफलता पाएका गायक ज्योति प्रकाशले यस पटक
पनि नेपाली सुगम संगीतलाई अझ माथी उठाउने प्रयास गरेका छन् । नेपाली चित्रकलामा ख्याति कमाएका अझ भनौं प्रख्यात चित्रकारले नेपाली सुगम संगीतलाई अझ नयाँ उचाइमा लैजान सक्ने प्रसस्त सम्भावना देखिन्छ । सानै देखि कला, संगीत र साहित्यमा रुचि भएका गायक ज्योतिको यस सार्बजनिक गीतको भिडियोमा नेपाली समसामयिक विषय बस्तु उठान गरिएको छ ।

चन्द्र भट्टचनद्वारा लेखिएको यस गीतलाई गायक ज्योति प्रकाशले आफैं संगीत भरेका छन् । यस कति रातहरु बोलको गीतको भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका छन् भने सन्तोष पिथाकोटी मगरले खिचेका हुन् । मिलन कार्की आफैंले सम्पादन गरेको यस भिडियोमा पुस्तक रेग्मी, रञ्जु भुजेल र भिम मगरको अभिनय रहेको छ । यस गीतलाई परेली संगीतको युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।