Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

असार ११ गतेबाट ‘बैंकिङ सेरोफेरो’ कार्यक्रम सञ्चालन

Monday, June 24, 2019 National Power

काठमाडौं-किङ एण्ड फाईनान्सियल सोलुसन प्रा.लि.ले यही असार ११ गतेबाट नेपाल टेलिभिजन न्युज च्यानलमाफर्त ‘बैंकिङ सेरोफेरो’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम हरेक हप्ता बुधबार बेलुका ८ः५० बजे प्रशारण हुनेछ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यस्तो जानकारी गराएको हो । बैंकिङ तथा वित्तिय समस्याको समाधान मुल नाराका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको प्रा.लि.का अध्यक्ष मनोज पौड्यालले जानकारी दिए । उनले आफ्नो संस्थाले वित्तिय संस्थासँग सम्बन्धित जुनसुकै समस्याको समाधान गर्न ग्राहकवर्गलाई गुणस्तरीय, भरपर्दो र सर्वशुलभ परामर्श उपलब्ध गराउने पनि विश्वास दिलाए ।

बैंकिङ क्षेत्रमा बढ्दो प्रतिष्पर्धा र नाफामुखीकरणले गर्दा संचालक समितिले व्यवस्थापनलाई नाफा बढाउन दबाब र लक्ष्य दिने गरेको सुनाउँदै पौड्यालले भने,‘व्यवस्थापन पक्षबाट दैनिक रुपमा ऋण बढाउने, बैंक ईन्सुरेन्स गर्ने, निक्षेप बढाउने आदिको लक्ष्य दिई समयमै सो लक्ष्य पुर्ति गर्न दबाब एवम अफर दिईनेछ ।’ कार्यक्रममा उनले आफुले नेपालमा अति नै आवश्यक रहेकोले यो खालको कार्यक्रम सञ्चालन गर्न लागेको स्पष्ट पारे । अहिले प्रतिष्पर्धाको जमाना रहेकोले विभिन्न बैंकले आ–आफ्नै नीति तथा नियम बनाएकोले आफुहरुले सही परामर्श दिने पनि उनले जनाए ।

कमर्सियल बैंकहरुको व्याजदर नै धेरै फरक पाएको सुनाए । सस्तो व्याजदरमा पनि जान सकिने सम्भावना हुदाहुदै किन महँगो व्याजदरमा जाने भन्नेबारे आफुहरुले पर्याप्त जानकारी गराए । आफुहरुले कागजपत्र बनाउने नभएर बनाउनको लागि सहयोग तथा मार्गदर्शन गर्ने पनि उनले जनाए । उनले भने,‘राम्रो उद्देश्य लिएर आउनुभयो भने र नियत सफा भयो भने ऋण लिनको लागि हाम्रो संस्थाले सहयोग गर्छ ।’ कार्यक्रममा प्रा.लि.का प्रवन्ध निर्देशक रंघम राज अर्यालको पनि
उपस्थिति रहेको थियो ।