Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

कठघरामा गृहमन्त्री : कुमार पौडेल भिडन्तमा मारिए, गोली लागेका एक जना भागे

Monday, June 24, 2019 National Power

गृहमन्त्री रामबहादुर थापाले सर्लाहीमा प्रतिबन्धित नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारवाहीमा पार्टीका जिल्ला सेक्रेटरी कुमार पौडेलको मृत्यु भएको बताएका छन् । संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा घटनाबारे जानकारी दिँदै गृहमन्त्री थापाले घटनामा अर्का एकजालाई पनि गोली लागेको जानकारी दिएका हुन् ।

आइतबार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले पौडेलको मृत्यु संकास्पद भएको भन्दै गृहमन्त्रीले यथार्थ जानकारी गराउनु पर्ने माग गरेपछि गृहमन्त्री थापा बैठकमा उपस्थत भएका हुन् ।

यही असार ५ गते सर्लाही जिल्लामा भएको घटनाको सन्दर्भमा सम्मानित समिति समक्ष उक्त घटनामा भए गरेको यथार्थ अवगत गराउँन अनुमति चाान्छु ।लालबन्दी र हरिबन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी र सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबरजस्ती चन्दा माग्ने र चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्की दिने र जनमानसमा आतंक सिर्जना गर्न विप्लव समूह सक्रिय रहेको व्यापक जनगुनासो बढेपश्चात जिल्ला प्रहरी कार्यालय सर्लाहीले गस्ती निरगानी लगायतका प्रहरी गतिविधिमा सक्रियता बढाएको थियो ।

र, यही असार ५ गते अन्दाजी २ बजे जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं–१ लखनदेही स्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर दक्षिण बाटो मा प्रहरीको गस्तीको सिलसिलामा एउटा नम्बर नलेखिएको मोटरसाइकलसहितका दुईवटा मोटरसाइकलमा आइरहेका चारजना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीतर्फ लक्षित गरी आफूहरुसँग भएको हतियार प्रयोग गरी फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घटनास्थलबाट बरामद गरिएको कागजपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इन्चार्ज बागमती नगरपालिका वडा नं २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।विप्लव–प्रहरी ‘मुठभेड’ले तरङ्ग स् गृहमन्त्री बादल कठघरामा १ प्रहरीले घटनास्थल अनुसन्धान ऐन, लाश जाँच मुचुल्का समेतको कार्यसम्पादन गर्ने गरी मृतकको लाश पोस्टमार्टम भइ आफन्तलाई बुझाइ अन्त्यष्टी समेत गरिएको छ ।

मृत्यु हुने बाहेकका अन्य तीनजना मुठभेडको क्रममा जंगलतर्फ भागेको र एकजनालाई गोली लागेको आशंका गरिएको छ । फरार रहेका व्यक्तिहरुको खोजी कार्य भइरहेको छ ।घटनास्थलबाट बिस्फोटको लागि प्रयोग हुने डेड कट तीन फिट, सुज वायर ५ फिट, मेड इन युएसए लेखिएको रिभल्भर थान १, ऐजनमा लाग्ने गोली राउन्ड चार, निजको झोलाबाट बरामद कटुवा पेस्तोल थान एक, ऐजनमा प्रयोग हुने गोली थान २, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ लेखिएको कसैको नाम नभएको परिचय पत्र थान २००, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान, अनटेस्ट एफजेड मोटरसाइकल एक थान बरामद गरिएको छ ।घटनाबारे जिल्ला प्रहरी कार्यालयले घटना भएकै दिन प्रेस विज्ञप्ति जारी गरेको थियो ।