Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

मनको किताबको भिडियो लिएर आए निर्देशक नव ढुङेल

Monday, June 24, 2019 National Power

म्युजिक भिडियो तथा विज्ञापन निर्देशनमा आधा दसक काटिसकेका नव ढुंगेलको निर्देशनमा नयाँ भिडियो सार्वजनिक भएको छ । गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा गायक कर्णदासको आवाजमा रहेको गीत ‘ मन को किताब ’ को म्युजिक भिडियो आर्टिस टिभि च्यानाल मार्फत सार्वजनिक भएको हो ।

मनको किताब भिडियोमा मोडल सन्दिप शाही र रचिता छेत्रीले अभिनय गरेका छन् । अमृत सुनुवारको छायाङ्कन तथा माधव बेल्बासकोे सम्पादन रहेको उक्त भिडियाको अधिकाशं दृष्यहरु सितापाईला स्थित कम्पÞmर्ट हाउजिङ्ग र ठमेल सोह्रखुट्टे स्थित व्हाईट हाउस बेङ्कोइटमा छायांकन गरिएको हो ।

सुगम संगीत गायन मार्फत दर्शक माझ लोकप्रीय कर्णदासका ठूला ठूला महल होइन, पुरानो डुंगा , आधा सपना लगायतका गीतहरु चर्चित छन् । गाएक कर्णदासले आफ्ना अन्य गितहरु जस्तै यस गितलाई पनि दर्शक श्रोताहरुले माया गरिदिनेमा आशाबादी रहेको बताए । यस गितका गीताकार सुवासचन्द्र ढुङेलले आफुले रचना गरेको गीतको शब्द आँफूलाई पनि मनपरेको बताए । उनले शब्दले खोजेको जस्तो भिडियो निर्माण भएको प्रति निर्माता टिमलाई धन्यवाद् दिएका छन् । त्यस्तै यस गितका संगितकार ईन्द्र बेन्जान्कारले दुबै श्रष्टाहरुसँग काम गर्न पाउँदा आफू उत्साहित भएको र गीत र म्यूजिक भिडियोको सबैबाट राम्रो प्रतिकृया पाएको बताए । झन्डै एक सय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका नव ढुङेलले निर्माण गरेको यस भिडियोलाई दर्शकहरुहरुले कत्तिको माया गर्लान त ?