Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

विवाह गर्छु भन्दै शारीरिक सम्पर्क, त्यसपछि………

Sunday, June 23, 2019 National Power

ललितपुर – फेसबुकमार्फत चिनजान भएर विवाह गर्छु भन्दै शारीरिक सम्पर्क राखेर एक किशोरीलाई गर्भवती बनाएर छाड्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भएका विजय तामाङ रहेका छन् । ०७५ मंसिर ७ गते तामाङले १७ वर्षीया किशोरी ९नाम परिवर्तन० आरलाई विभिन्न प्रलोभनमा पारेर कोठामा लगी जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी वृत्त सातादोबाटका प्रमुख गौतम मिश्रले जानकारी दिए ।

आरलाई शारीरिक सम्बन्ध राख्न लगाएर लगत्तै फरार भएका तामाङलाई सातदोबाटो प्रहरीले लुकिछिपी बसेको अवस्थामा गोदावरी नगरपालिका–४ ठैबुबाट पक्राउ गरिएको डीएसपी मिश्रले बताए । तामाङले यसअघि पनि एक युवतीलाई विवाह गर्छु भनेर शारीरिक सम्बन्ध राखेर फरार भएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । हालैपनि कोठामा एक युवतीलाई विवाह गर्छु भन्दै तामाङले ल्याएर राखेको पाइएको छ ।

पक्राउ परेका तामाङलाई जिल्ला अदालत ललितपुरबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।