Saturday 12th October 2024

    सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न    पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना

चलचित्र ‘साङ्लो’ लाई गाउँपालिकाको १० लाख

Friday, June 21, 2019 National Power

काठमाण्डौं – चलचित्र ‘साङ्लो’ को निर्माणकार्य हुदै गर्दा निर्माणका लागि डोटीको जोरायल गाउँपालिकाले १० लाख दिने भएको छ । जेठ २७ गते बसेको कार्यपालिकाको बैठकले यो निर्णय गरेको हो । सुपरस्टार विराज भट्टले निर्देशनमा हात हालेको फिल्म ‘साङ्लो’ को अहिले डोटीमा छायांकन भइरहेको छ ।

फिल्मलाई गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख दिने भएपछि सो निर्णयको अहिले सर्वत्र विरोध भइरहेको छ । गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा ‘पर्यटन प्रवर्द्धन’ को शिर्षकमा उक्त रकम फिल्मको निर्माण टिमलाई दिन लागेको बताएका छन् । रोचक कुरा त फिल्ममा उनको पनि अभिनय छ । उनले फिल्ममा अभिनेत्री निकिताको पिताको भूमिका निभाएका छन् ।

गाउँपालिका अध्यक्ष ओझाले फिल्म खेल्नु अपराध नभएको बताउँदै कथाले मागेका कारण आफूले अभिनय गरेको बताए । उनी १० लाख निर्माताको खल्तीमा सुटुक्क नहालेको पनि बताउँछन् । उनी भन्छन्, ’फिल्मको छायांकनका लागि आएको टिम ठूलो छ । खान, बस्न र यातायातको खर्च स्वरुप १० लाख दिने निर्णय गरेका हौं ।’ गाउँपालिकाले दिएको सो रकमको बारेमा अभिनेता विराजले भने कुनै जानकारी दिएका छैनन् ।