Monday 16th September 2019

    ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ सम्पन्न साथमा शिखर सम्मान प्रदान गरियो    नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोजौं :कांग्रेस    यौनजन्य अपराध नियन्त्रणमा रेडलाइट एरिया प्रभावकारी हुन्छ कि? – डा. उपाध्याय    इन्द्रजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा    औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड सम्पन्न

आक्रामक नाराबाजीका साथ उर्लियो गुठी विधेयकविरुद्वको मानवसागर

Wednesday, June 19, 2019 National Power


काठमाडौं – गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन भएको छ । राष्ट्रियसभामा प्रस्तुत विधेयककाे चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री मन्त्री पद्या अर्यालले मंगलबार फिर्ता लिएको घोषणा गरेकी थिइन् । सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाउने उनको भनाइ थियो ।

तर, गुठीविधयेकको विपक्षमा रहेकाहरुले सरकारले विधेयक फिर्ताको घोषणा गरे पनि आन्दोलन रोकेका छैनन् । गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले यो खारेज हुनुपर्ने उनीहरुको माग छ । यही माग राखेर राजधानीको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको छ ।

खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा र्‍याली निकालेका छन् । त्रिपुरेश्वर, थापाथली लगायतका क्षेत्रबाट र्‍याली निकालिएको हो । र्‍याली माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा मिसिएको छ । केहीबेरमा हुने सम्बोधनमा विभिन्न व्यक्तिहरुले सम्बोधन गर्ने बताइएको छ । गुठी विधेयक विरुद्धको प्रदर्शनपछि अहिले थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित बन्न पुगेको छ ।