Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता

Tuesday, June 18, 2019 National Power

काठमाडौं – हुम्लाको खार्पुनाथ गाउँपालिका-५ कैलेबालुस्थित सडकबाट जीप कर्णाली नदीमा खसेको छ । खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

जीप र सवार सबै यात्रु बेपत्ता भएको प्रहरी निरीक्षक सिंहको बताए । जीपमा कतिजना यात्रु थिए भन्ने एकिन नभएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । स्थानीयका अनुसार भने जीपमा १० भन्दा बढी यात्रु सवार थिए । प्रहरी चौकी याञ्चुको टोली घटनास्थल पुगेको छ । उद्धारका तथा खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली पनि हेलिकोप्टरबाट घटनास्थल पठाइएको सिंहले बताए ।