काठमाडौं – बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने थप चार जना घाइते भएका छन् । जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्ग्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा भीरबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन ।
जीप खसेको स्थान अफ्ठ्यारो भीर भएकाले उद्दारमा कठिनाई भएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली घटनास्थलमा पुगी सककेको बताइएको छ ।।