काठमाडौं – नेपाल चलचित्र कलाकार संघमा निकै रस्साकस्सीका विच अध्यक्षमा निर्वाचित भएका रविन्द्र खड्कालाई पहिलो बैठकमै झड्का लागेको खबर छ । लगभग प्यानलनै निर्वाचित भएपनि संघको विधानले अध्यक्षलाई प्रत्यायोजित गरेको अधिकार प्रयोग गर्न खोज्दा कार्यसमितिका पदाधिकारी र सदस्यहरुको अनावश्यक विरोध र प्रस्तावले खड्कालाई झड्का लागेको हो ।
संघमा निर्वाचित भएर आइसकेपछि आइतवार बसेको पहिलो बैठकमा केहि पदाधिकारी र सदस्यहरुले क्षेत्राधिकार नाघेर आफुअनुकलका व्यक्तिलाई उपाध्यक्ष र सदस्यमा मनोनित गर्न अध्यक्ष खड्कामाथि दवाव दिएका थिए । स्रोतका अनुसार विधानतः एकजना उपाध्यक्ष र तिन जना सदस्य मनोनित गर्ने अधिकार अध्यक्षको भएपनि बैठकमा खड्काले कुनै निर्णय लिन नसकि निरिहता प्रकट गर्दै क–कसलाई मनोनित गर्ने हो, अर्को बैठकमा निर्णय गरौंला भन्दै अन्य प्रस्तावमा प्रवेश गरे ।
संघको चुनाव बहिष्कार गर्दै उम्मेदवारी समेत नदिएका नेकपा निकट मानिने कलाकार उत्तम केसी र विमला केसीलाई कार्यसमितिको उपाध्यक्षमा मनोनित गर्नुपर्ने दवाव आएका कारण पनि अध्यक्ष खड्काले कुनै निर्णय लिन नसकेको बैठकमा सहभागि एक सदस्यले बताए ।
चुनाव पनि बहिस्कार गर्ने र कार्यसमितिमा पनि आउन खुट्टा उचाल्ने उत्तम र विमलाको दोहोरो चरित्रको सबै कलाकारले खुलेर विरोध गरिरहेका छन् । यीनिहरुलाई मनोनित गरेर विवादीत हुनुभन्दा अर्को विकल्प अपनाउनु नै खड्काको भलाई हुने एक बरिष्ठ कलाकार बताउँछन् । ति कलाकारका अनुसार विमला उम्मेदवार उठ्न वा मनोनित हुन योग्य व्यक्ति होइनन् । विधानले पाँचवटा चलचित्रमा अभिनय गरेकालाई मात्र कार्यसमितिमा आटाउने स्पष्ट व्यवस्था गरेको छ ।
यतिखेर विमलाले जोडतोडका साथ कार्यसमितिका केहि पदाधिकारीमार्फत आफुलाई उपाध्यक्षमा मनोनित गराउन खड्कालाई चर्को दवाव दिइरहेको बुझिएको छ । आफुलाई उपाध्यक्षमा मनोनित गर्न विमला मात्रै होइन उत्तमले पनि आफ्नो च्यानलमार्फत र प्रत्यक्ष रुपमा पनि खड्कालाई दवाव दिइरहेका छन् । यद्यपी संघको विधान अनुसार उत्तम केसी मनोनित भए कार्यसमितिको लागि योग्य मानिन्छन् । उनले दर्जनौं चलचित्रमा काम गरिसकेका छन् ।
मध्यान्तर अनलाईन बाट साभार समाचार