Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

समता अस्पतालमा झुण्डिएको अवस्थामा महिलाको शव फेलाः आफन्तले गरे तोडफोड

Tuesday, June 18, 2019 National Power

काठमाडौं- राजधानीको बौद्धस्थित समता अस्पतालमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । महिला मृत फेला परेसँगै आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

२७ वर्षीया विमला तामाङको शव मंगलबार बिहान अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेको हो । रामेछाप दोरम्बा घर भएकी उनी त्यही अस्पतालमा क्लिनरका रुपमा काम गर्दै आइरहेकी थिइन् । काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले समतामा कार्यरत तामाङको शव झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

यसबारे अनुसन्धानका लागि परिसरबाट डीएसपी होमिन्द्र बोगटीसहितको टोली घटनास्थल पुगेको छ । घटनापछि आफन्तले अस्पतालको तोडफोडमा उत्रिएका छन् । तोडफोडपछि अस्पताल अशान्त बनेको छ ।