Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

कम्युनिष्ट भएपछि धर्म–संस्कृति मास्नै पर्छ ?

Sunday, June 16, 2019 National Power

मन्दिरै मन्दिरको शहर काठमाडौं उपत्यका आन्दोलित छ । यो आन्दोलन कुनै शासन व्यवस्था ढाल्न नभएर धर्म–संस्कृति र परम्परा बचाउनका लागि भैरहेको छ । सरकारले गुठीलाई व्यवस्थित गर्ने भन्दै ल्याएको गुठी विधेकले काठमाडौंबासीलाई उत्तेजित बनाएको छ । उपत्यकाका तीनवटै प्राचीन शहरमा व्यापक बिरोध भैरहेको छ ।

सर्वसाधारण जनता सडकमा उत्रेका छन्, बुद्धिजीवीहरु संचारबाट चिच्याइरहेका छन्, सांसदहरु सदनमा कुर्लिरहेका छन् विधेयकका बिरुद्धमा । यसले धर्म–संस्कृति परम्परा सबै मास्न खोजेको आरोप चौचर्फी छ । तर, सरकारलाई दुई तिहाईका दम्भ छ, उ जनताका कुरा सुन्ने पक्षमै देखिंदैन ।
सुन्ने गरिन्थ्यो कम्युनिष्टहरु धर्म मान्दैनन् । उनीहरु पुरानो भत्काएर नयाँ बनाउन चाहन्छन् । यसको मतलब हिन्दु धर्म संस्कृति मासेर पश्चिमा संस्कृति भित्र्याउने त हैन नि ?

चीनको क्रान्तिपछि त्यहाँ नेपालमा जस्तै पुराना कुरा मास्ने अभियान चल्यो अहिले चीन त्यसको खोजीमा छ र संरक्षण गर्न दत्तचित्त भएर लागिरहेको छ । विगतमा आक्रोशले गरेको विनाशले देशलाई कति घात हुँदो रहेछ भन्दै पछुताइरहेको छ ।

खासमा कुनै पनि मुलुकको अस्तित्व त्यहाँको धर्म, संस्कृति, सामाजिक रितीरिवाज र परम्परा हो । यसलाई चलाउन खोजियो भने यसले अकल्पनीय विनाश निम्त्याउँछ । धार्मिक र जातीय विषयमा राजनीति गर्नु भनेको देशलाई द्वन्द्वमा धकेल्नु हो । कतै नेपालमा विकासको नाममा त्यस्तै गर्न खोगिएको त हैन रु अहिले यस्तै प्रश्नहरु उठेका छन् ।

अर्को महत्वपूर्ण कुरा के हो भने नेपालमा विदेशी शक्तिको प्रभाव विस्तार भैरहेको र उनीहरुकै योजना अनुसार सबै काम भैरहेको आरोप लाग्ने गरेको छ । हुन पनि कुनै पनि देशलाई तहसनहस पार्नुप¥यो भने त्यहाँ धार्मिक–सांस्कृतिक द्वन्द्व मच्चाइदिए पुग्छ । गुठी विधेयक कतै त्यसैको उपज त हैन रु गम्भीर प्रश्न खडा छ ।