मन्दिरै मन्दिरको शहर काठमाडौं उपत्यका आन्दोलित छ । यो आन्दोलन कुनै शासन व्यवस्था ढाल्न नभएर धर्म–संस्कृति र परम्परा बचाउनका लागि भैरहेको छ । सरकारले गुठीलाई व्यवस्थित गर्ने भन्दै ल्याएको गुठी विधेकले काठमाडौंबासीलाई उत्तेजित बनाएको छ । उपत्यकाका तीनवटै प्राचीन शहरमा व्यापक बिरोध भैरहेको छ ।
सर्वसाधारण जनता सडकमा उत्रेका छन्, बुद्धिजीवीहरु संचारबाट चिच्याइरहेका छन्, सांसदहरु सदनमा कुर्लिरहेका छन् विधेयकका बिरुद्धमा । यसले धर्म–संस्कृति परम्परा सबै मास्न खोजेको आरोप चौचर्फी छ । तर, सरकारलाई दुई तिहाईका दम्भ छ, उ जनताका कुरा सुन्ने पक्षमै देखिंदैन ।
सुन्ने गरिन्थ्यो कम्युनिष्टहरु धर्म मान्दैनन् । उनीहरु पुरानो भत्काएर नयाँ बनाउन चाहन्छन् । यसको मतलब हिन्दु धर्म संस्कृति मासेर पश्चिमा संस्कृति भित्र्याउने त हैन नि ?
चीनको क्रान्तिपछि त्यहाँ नेपालमा जस्तै पुराना कुरा मास्ने अभियान चल्यो अहिले चीन त्यसको खोजीमा छ र संरक्षण गर्न दत्तचित्त भएर लागिरहेको छ । विगतमा आक्रोशले गरेको विनाशले देशलाई कति घात हुँदो रहेछ भन्दै पछुताइरहेको छ ।
खासमा कुनै पनि मुलुकको अस्तित्व त्यहाँको धर्म, संस्कृति, सामाजिक रितीरिवाज र परम्परा हो । यसलाई चलाउन खोजियो भने यसले अकल्पनीय विनाश निम्त्याउँछ । धार्मिक र जातीय विषयमा राजनीति गर्नु भनेको देशलाई द्वन्द्वमा धकेल्नु हो । कतै नेपालमा विकासको नाममा त्यस्तै गर्न खोगिएको त हैन रु अहिले यस्तै प्रश्नहरु उठेका छन् ।
अर्को महत्वपूर्ण कुरा के हो भने नेपालमा विदेशी शक्तिको प्रभाव विस्तार भैरहेको र उनीहरुकै योजना अनुसार सबै काम भैरहेको आरोप लाग्ने गरेको छ । हुन पनि कुनै पनि देशलाई तहसनहस पार्नुप¥यो भने त्यहाँ धार्मिक–सांस्कृतिक द्वन्द्व मच्चाइदिए पुग्छ । गुठी विधेयक कतै त्यसैको उपज त हैन रु गम्भीर प्रश्न खडा छ ।