Monday 22nd July 2019

    भदौ २५ गते “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” हुने    बिक्रम गौतमको स्वरमा “मच्चाउन लाई धुम” बोलको गित बजारमा    ‘स्टार ईन्टरनेशनल अवार्ड’को उत्कृष्ट टप ३ मनोनयन कार्यक्रम भव्य रुपमा सम्पन्न    विश्वको पहिलो समाबेशी इन्करेजमेन्ट अवार्ड २०१९ हुदै    मनसुनी रेखा फेरि नेपालमाथि, ‘अति भारी वर्षा’को सम्भावना

बिपन्न समुदायका बालबालिकालाई परोपकारी युवा सन्जालद्वारा शैक्षिक सामग्री बितरण

Saturday, June 15, 2019 National Power


काभ्रे -परोपकारी युवा सन्जाल नेपालले मंडनदेउपुर ,६ कोदारी काभ्रेमा अवस्थित श्री भिमसेन प्राथमिक विद्यालयमा अध्यनरत बिपन्न दनुवार समुदायका बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेको छ ।

प्यारागन फाउन्डेसन गौशलाको सहयोगमा विद्यालयका ५३ विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खेल सामग्री बितरण गरिएको परोपकारी यूवा संजाल नेपालका संयोजक रमेश सापकोटा बताए ।

विद्यार्थीलाई स्कुल ब्याग ५३ थान, कपि ३८ दर्जन, पेन्सिल, इरेजर, पेन्सिल कटर, फुटबल र स्किपिङ्ग लगायतका सामग्री बितरण गरिएको थियो ।

इन्द्रावती नदिको किनारमा रहेको सो विद्यालय बिपन्न दनुवार समुदयका बालबालिका मात्र अध्यनरत छन् । विद्यार्थी बसेर पढ्ने ठाउँको उचित ब्यबस्थापन नभएकोले बालबालिकाहरू भूईँमा बसेर अध्यन गर्न बाध्य छन् ।

विद्यालय भवन अभावमा कक्षा संचालनमा पनि कठिन छ ।

परोपकारी युवा सन्जालले शिक्षा अभियान अन्तर्गतको विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरू बितरण गर्दै आएको छ ।

संस्थाका सदस्य निश्चल बिमलीका अनुसार परोपकारी काममा केही सहयोग सदस्यहरुबाटै उठाउने तथा केहीदेश विदेशबाट सहयोग गर्ने मनकारीबाट संकलन गरेर सहायता वितरण गर्ने गरेको बताए ।

ुबोलेर होइन गरेर देखाउु भन्ने मूल नाराकासाथ समाजसेवा तथा परोपकारी क्षेत्रमा लागेको संजालले महीनमा एउटा सहयोगको कार्यक्रम गर्ने गरेको बिमलीले बताए ।