Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री फिलिपेबीच भेटवार्ता

Friday, June 14, 2019 National Power

पेरिस- प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटवार्ता गरेका छन्। दुई समकक्षीबीच बिहीबार साँझ प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो । नेपाल र फ्रान्सबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको सन्दर्भमा फ्रान्स भ्रमण गरेका प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल गरेका छन्। भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी लगायत विविध विषयमा छलफल भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो पेरिसस्थित नेपाली दुतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए। ओलीले हेर्न लायक मुलुक रहेको भन्दै नेपाल भ्रमण गर्न फ्रान्सेली नागरिकहरुलाई अनुरोध गरे। उनले बुधबार फ्रान्सेली व्यवसायीहरुसँग पनि भेटघाट गरेका थिए। राजनीतिक स्थायित्वका साथै कानूनी जटिलताको अन्त्य भएको भन्दै नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई आग्रह गरेका हुन्।