Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

पोखरामा प्रहरी र लागुऔषध प्रयोगकर्ताबीच हातपात, प्रहरीले गोली हान्यो (भिडियो)

Thursday, June 13, 2019 National Power

पोखराको उत्तमचोकमा बुधबार गोली चलेको छ । गोबिन्द थापामाथी प्रहरीले गोली चलाएको हो । उत्तमचोकमा लागू औषध बोकेर हिडिरहेका जोन भनेर चिनिने गोविन्द थापालाई प्रहरीले गोली चलाएको हो । उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी आइलागेका थापालाई गाली चलाएको बताईएको छ ।
उनको बायाँ खुट्टामा गोली लागेको छ । घाइते थापालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । हतियार खोस्न खोज्दा नदिएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक गणेश सुवेदीको कमाण्डमा गएको टोलीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो । थापा कतारमा पनि लागू औषध कारोबारी थिए । उनीमाथी यसअघि नै ज्यानमारा मुद्धामा परेका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।