Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

कलाकारहरुको स्वतन्त्रता माथि अंकुश लगाउने षड्यन्त्र विरुद्ध परिवर्तन नेपालले आवाज उठायो । (विज्ञप्ती सहित)

Tuesday, June 11, 2019 National Power

काठमाण्डौं- परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष तथा बरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले नेपाल सरकारले प्रतिनिधिसभामा दर्ता गराएको नेपाल मिडिया काउन्सिल विधेयकमा उल्लेखित केही शब्दावलीका कारण हामी कलाकारहरु स्तब्ध बन्न पुगेको कुरा प्रेस विज्ञप्ति मार्फत बताउनु भएको छ ।

मिति २०७६/०२/२८
प्रेस बिज्ञप्ति

नेपाल सरकारले प्रतिनिधिसभामा दर्ता गराएको नेपाल मिडिया काउन्सिल विधेयकमा उल्लेखित केही शब्दावलीका कारण हामी कलाकारहरु स्तब्ध बन्न पुगेका छौं । परिवर्तन नेपाल सधैं नेपालमा कलाकारिता क्षेत्रको विकास, समृद्धि र पेशागत स्वतन्त्रताको पक्षमा उभिदै आएको सर्वविदितै छ । सयौं नेपाली कलाकारहरुले कलाकारिताको माध्यमबाट समाजलाई सुधार्दै चलचित्र, लघुचलचित्र, वृत्तिचित्र, धारावाहिक टेलिचलचित्रमार्फत नराम्रा र गलत संस्कार, प्रवृत्तिलाई निरुत्साहित गर्दै आएको तथ्य जगजाहेर नै छ ।
मिडिया काउन्सिल बिधेयकमा चलचित्र, वृत्तचित्र, लघुचलचित्रलाई समेत मिडिया काउन्सिल मातहत नियमन गर्ने व्यवस्था गरिने कार्य चलचित्र विकास बोर्डको अधिकार समेत खोस्ने हुनु सिंगो चलचित्र क्षेत्रकै लागि दुर्भाग्यपूर्ण छ । हालै मात्र संसदमा पेश भएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ २०७६ को दफा २ को उपदफा (छ) मा ‘विधुतीय प्रशारण तथा अनलाईन पत्रकारिता’ को दयराभित्र ‘अन्तर्वार्ता, टिप्पणी, श्रव्यदृष्य, चलचित्र, लघु चलचित्र, वृत्तचित्र’ को नियमन नेपाल मिडिया काउन्सिलमार्फत गर्ने कार्य स्वीकार्य हुन सक्दैन । चलचित्र, वृत्तचित्र र लघुचलचित्र समेतको दोहोरो नियमन गर्ने गरी ल्याउन लागिएको नेपाल मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता गर्न परिवर्तन नेपाल जोडदार माग गर्दछ । साथै नेपाल मिडिया काउन्सिलले टेलिभिजनबाट प्रशारित हुने धारावाहिक श्रृङ्खलाहरु समेतको नियमन हुने तथा त्यस्ता टेलिचलचित्रमा व्यक्त अभिव्यक्तिका विरुद्धमा समेत नेपाल मिडिया काउन्सिलमा उजुरी दर्ता भई कलाकारमाथि दण्ड जरिवना हुनसक्ने देखिएको छ । देखिन्छ । कलाकारहरुले स्वतन्त्रतापूर्वक अभिव्यक्ति दिने नसक्ने अवस्था आउन सक्नेतर्फ सबैको ध्यान आकषर्ण गराउदछौं ।

मोहन निरौला
केन्द्रिय अध्यक्ष
परिवर्तन नेपाल, पुतलिसडक काठमाडौं ।