Sunday 17th November 2019

    कालीप्रसाद र सन्तोषको उदास जवानी लोकार्पण    विश्व कीर्तिमानी गीतकार डा. डीआर ‘के तन्नेरी, के अधवैशे…’ भन्दै (भिडियोसहित)    कृष्ण र सोनुको स्वरमा ‘गोर्खालीको शान…’ (भिडियोसहित)    सीमा मिचिएकोबारे शिक्षा मन्त्रीले गराए भारतीय मन्त्रीको ध्यानाकर्षण    पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने

पोर्चुगलको पोल्टामा नेसन्स लिगको उपाधि

Monday, June 10, 2019 National Power


काठमाडौं – पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । गुन्जालो गुइडेसको गोलमा पोर्चुगलले उपाधि जित्न सफल भयो ।

दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । पोर्चुगलले दबावमा खेलेपनि जित दर्ता गराउन सफल भए । पहिलो हाफमा बराबरी खेलेको पोर्चुगलले ६० औं मिनेटमा गोल गर्न सफल भयो । गुन्जालोको गोलबाट पोर्चुगलले अग्रता बनाएको थियो ।

एक गोलको अग्रता बनाएसँगै पोर्चुगलले रक्षात्मक खेल खेलेको थियो । बाँकी समयसम्म नेदरल्यान्ड्सलाई १–० गोलको अवस्थामा रोक्दै पोर्चुगलले विजयी हात पारेको हो ।