Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

हुरीले पूर्वी नवलपरासीका ४० घरमा क्षति, चट्याङ पर्दा ४५ बाख्रा मरे

Monday, June 10, 2019 National Power

नवलपरासी – पूर्वीनवलपरासीको विकट पहाडी गाउँपालिका बुलिगंटार–४, अर्खलाको चुलीबोझामा आइतबार साँझ आएको हावाहुरीले क्षति पुर्‍याएको छ । हुरीले चुलीबोझामा १० घर, ठूलो अर्खलामा पाँच घर र अन्य स्थानमा २५ घर गरी कुल ४० घरमा क्षति पुगेको वडाध्यक्ष चेतबहादुर गोदामी मगरले जानकारी दिए । हुरीले किसानको मकैलगायतका बालीमा पनि नोक्सान पुगेको छ ।

हुरीपछि आएको वर्षाले दलदले बुलिगंटार मोटरबाटोसमेत अवरुद्ध हुन पुगेको छ । सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगको हो । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको वडाध्यक्ष गोदामी मगरले जानकारी दिए । यसैबीच, आइतबार साँझ नै परेको चट्याङले चुलीबोझामा ४५ बाख्रा परेका छन् । वडाध्यक्ष मगरका अनुसार मानवीय क्षति भने भएको छैन ।