Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

गीता नेपाल(शारदा) चलचित्र कलाकार संघको निर्बाचनमा सदस्य पदमा भिड्दै

Friday, June 7, 2019 National Power

\काठमाडौँ – चलचित्र कलाकारहरुको संगठन नेपाल चलचित्र कलाकार संघ यति बेला निर्बाचनमय भएको छ ।  यहि जेठ २५ गते सम्पन्न हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनको उमेद्वारी दर्ता प्रक्रिया सकिए संगै सम्पूर्ण प्रत्यासी कलाकारहरु आफ्नो पक्षमा मत माग्न लागिपरिरहेका छन् । चलचित्र तथा टेलिसिरियलकि चर्चित पात्र गीता नेपाल (शारदा) पनि अहिले आफ्नो सदस्य पदको उम्मेद्वारीको लागि चुनाबी माहोलमा होमिएकी छिन ।

बिगत डेढ दशक भन्दा लामो समय देखि चलचित्र कलाकारितामा सकृय गीता अभिनयसँगै चलचित्रमा ग्रुप उपलब्ध गराउदै आएकी छन । यस अघी सम्पन्न कलाकारको चुनावमा सदस्य पदमा उनले तीन भोटले हारेकी थिइन तर यसपाली भने आफुले चुनाव जित्नेमा नेपाल ढुक्क छिन् । पहिले नाम फरक परेको कारण त्यस्तो पर्न गएकोमा उनि दुख समेत ब्यक्त गर्छिन ।

करिब ६०० जति चलचित्रमा काम गरेर आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी तथा २ दर्जन भन्दा बेसी टेलिचलचित्रमा अभिनय गरेर छोटो समयमा नै चलचित्र क्षेत्र भित्र आफुलाई सकृय कलाकारको भिडमा उभ्याउदै चर्चित बनेकी गीता नेपालले थुप्रै फिल्म, टेलिफिल्म र म्युजिकभिडियोमा अभिनय गरिसकेकी छन । आफ्नो कलाकारिता क्षेत्रको अनुभवलाई अब कलाकारहरुकै छाता संगठनभित्र रहेर यसैको हक-हितमा खर्चिनकै लागी आफुले उमेद्वारी दिएको नेपालको भनाइ छ ।

उनि थप्छिन कलाकारहरुको दुख पिडाको आवाज बनेर कलाकार संघलाइ अगाडी बढाउने प्रणको साथ् संघको आफ्नै भवन निर्माण गर्न महत्वपुर्ण भूमिका निर्बाह गर्ने उनको भनाइ छ । कलाकारहरुको हकहितका लागी मन, वचन र कर्मले संघको गरिमालाई उच्च राख्न आफुले सकृय भूमिका खेल्ने र सदैब कलाकारकै सेवामा समर्पित हुने वाचाका साथ उमेद्वारी दिएको जानकारी दिइन । साथै उनले आफ्नो उमेद्वारीलाई सार्थक बनाउनको लागि आफुलाई बिजयी बनाउन सम्पूर्ण अग्रजहरुको आशीर्वाद र सदस्य कलाकार तथा पत्रकार साथीहरुको साथ, सहयोग तथा समर्थनको अपेक्षा रहेको बताएकी छन ।