Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

ग्यास लिक भएर बारामा आगलागी, ७ जना घाइते

Friday, June 7, 2019 National Power

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४, डुमरवानास्थित स्याउली बजारमा आगलागी हुँदा एकै परिवारका चारसहित सात जना घाइते भएका छन् । स्थानीय सुकुमाया ब्लोनको घरमा सिलिण्डर ग्यास लिक भएर लागेको आगोमा परी ७ जना घाइते भएका हुन् ।

घाइतेमध्ये १ को अस्था गम्भीर छ । उनीहरु सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भइरहेको छ । आगलागीमा परी ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनीता थिङ गरी एकै परिवारका चारजना घाइते भएको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

त्यसैगरी, स्थानीय ५२ वर्षीया दीलमाया वाईबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलीमाया पनि घाइते भएका छन् । घाइतेमध्ये स्थानीय दीलमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान करिब सात बजे ग्यास लिक भएर सल्किएको आगो फैलिएको नजरमानका छोरा सिल बहादुर थिङले जानकारी दिए । आगलागीपछि उद्धारका लागि पुगेकाहरुलाई पनि आगोले पोलेको छ ।