Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

सुरक्षाको माग गर्दै सरिता लामिछानेले गरि पत्रकार सम्मेलन

Wednesday, June 5, 2019 National Power

काठमाडौँ – यहि आउदो जेष्ठ २५ गते शनिबार हुन लागेको चलचित्र कलाकारनिर्बाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो पिडा दुखेसो, एजेन्डा र गुनासो पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेकी छिन् । सरिताको पत्रकार सम्मेलनमा नायिकाहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित भएका थिए । तिनै जना नायिकाले महिला नेतृलाई साथ दिन आग्रह गरे भने सहि व्यक्तिलाई नेतृत्वमा ल्याउन समेत आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा सरिताले आफ्नो एजेन्डा भन्दा बढी आफूले उम्मेदवारी दिएपछि भोगेको पीडा प्रस्तुत गरिन् । २० बर्ष भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेपनि आफूलाई गैह्र कलाकारको आरोप लगाइएको बिषयमा उनले मन दुखेको बताइन् । सरिताको प्रश्न थियो–‘नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि मैले धेरै किसिमका धाकधम्की र वेइजती सहिरहनु परेको छ । अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।’ गाडी नम्बर टिप्ने, घर अगाडी आएर घर देखाउने, घर न टिप्ने जस्ता कार्य भईरहेको उनले बताइन ।

उनले आफूलाई गैह्र कलाकार भन्नेहरुलाई नै प्रश्न सोध्दै भनिन्–‘तीन बर्ष महासचिव म के हैसियतले भएँ रु देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ, म ती मुद्दावालाहरुलाई सोध्न चाहन्छु ।’

उनले चुनावमा हार वा जीत हुने भन्दै आफ्नो प्रतिस्पर्धा गर्न पाउने अधिकार कसैले पनि खोस्न नपाउने बताइन् । यस्तै, आफ्नो एजेन्डा सार्वजनिक गर्दै सरिताले चलचित्र कलाकार संघको आफ्नै भवन निर्माण गर्ने बताइन् । उनले भनिन्–‘मलाई भोलीका दिनमा काम नै गर्न दिइएन भने म पत्रकारहरुको अगाडि नै आएर माफी माग्नेछु । तर, मैले काम गर्ने वातावरण पाएको खण्डमा चलचित्र संघको आफ्नै भवन हुनेछ ।’

यस्तै, उनले चलचित्र क्षेत्रमा नयाँ र पुराना कलाकारलाई मिलाएर एक ढिक्का बनाउने बताइन् । सरिताले कलाकारहरुका लागि पेन्सनको पहल गर्ने समेत अन्य धेरै एजेन्डा अगाडि सारेकी छिन् । साथै सम्पूर्ण कलाकार पत्रकारहरुलाई यस अभियानमा साथ् दिन र सत्यलाइ उजागर गर्न समेत आग्रह गरेकी छिन ।