Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

गायक सुनिल गिरीको जीवन यो रहे सम्मै सार्वजनिक

Tuesday, June 4, 2019 National Power

लोकप्रिय गायक सुनिल गिरिको एल्बम यो मन मा रहेको गीत जीवन यो रहे सम्मै …बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक सुनिल गिरी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतले नेपाली सांगीतिक आकासमा नयाँ रेकर्ड राख्ने बिस्वास गायक सुनिल गिरि व्यक्त गर्छन। मोडल अनुराग ठकुरी र दिप्ती तामाङ्ग लाई फिचर गरिएको यस गीत अलिकति फरक तरिकाको निर्माण भएको छ। जोमसोम ,माथिल्लो मुस्ताङ्ग र कागबेनी र काठमाण्डौ आसपास छायांकन गरेको यस भिडियोलाई अनुराग ठकुरीले कोरियोग्राफ गरेकाछन।
गायक सुनील गिरिको आवाज रहेको यस गीतमा एरेन्ज रिकेश गुरुङ्गले गरेकाछन भने शब्द संगीत पनि गायक गिरीकै रहेको छ । भिडियोलाई सुजर खनालले खिचेकाछन भने सम्पादन प्रबिन भट्टको रहेको छ। महँगो बजेटमा निर्माण भएको यस भिडियो सिनेमाको गीतको भिडियो संग तुलना गर्न सकिन्छ। गायक सुनिल गिरीको पनि अभिनय रहेको यस गीतको अडीयोले निकै राम्रो चर्चा पाएको छ।