Thursday 22nd October 2020

    ओली सरकार भारतसँग सम्बन्ध सुदृढ बनाउँदै    एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह    गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला

महेन्द्रनगर जाँदै गरेको बस दाङमा दुर्घटना, १० जना घाइते

Monday, June 3, 2019 National Power


लमही – दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा यात्रु बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । चितवनको नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको बस गएराति करिब सवा बाह्र बजेतिर दुर्घटना भएको हो ।

यात्रुले शौच गर्ने भनेपछि चालकले रिहार नजिकै जंगलमा बस रोकेका थिए । त्यहि बेला बस आफैं गुडेर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । सामान्य घाइतेहरुको लमहीमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई उपचार गर्न बाँकेको नेपालगञ्ज रिफर गरिएको छ ।

गम्भीर घाइते हुनेमा कैलालीको टिकापुर ८ बस्ने ६५ वर्षीय भागीराम डगौरा, उनकी श्रीमती ६० वर्षीया बेज्या चौधरी, कैलालीकै लम्किचुहा( ६ बस्ने ३५ वर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अमरगढी २ बस्ने ५० वर्षीय गोपाल सार्की छन् । बसमा ४० जना यात्रु थिए ।