Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

प्रिन्सिपल र कलाकार विच मैत्रिपुर्ण फुटवल प्रतियोगीता सम्पन्न

Sunday, June 2, 2019 National Power

काठमाण्डौ – क्लव 40 ईन्टनेशनलको आयोजनामा कलाकार भर्सेज फेका काठमाण्डौ विच मैत्रिय फुटवल प्रतियोगीता सम्पन्न भएको छ । पेप्सीकोला फुटवल ग्राउण्डमा सम्पन्न प्रतियोगीतामा राष्ट्रिय स्तरका कलाकार तथा विभिन्न विद्यालयका प्रिन्सिपल विच सम्पन्न भएको थियो । प्रतियोगीतामा विभिन्न २० वटा विद्यालयका साथै फेका काठमाण्डौका अध्यक्ष नवराज भट्ट, खेल संयोजक शिक्षक आर डि भट्ट लगायतकाको सहभागीता रहेको थियो ।
त्यस्तै कलाकारका तर्फबाट लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी, भिडियो निर्देशक तथा कलाकार शंकर वि.सी, कलाकार राजु गुरुङ, बल्छी धुव्रे, डम्बर नेपाली, अन्जली अधिकारी, शुस्मा अधिकारी, दिपक डोटेल, डिवी रानामगर, तथा खेल संयोजकका अध्यक्ष समिर लामा, कमान सिं लामा , अमृत थिङ लगायतका कलाकारहरुको सहभागीता रहेको थियो । मैत्रिपुर्ण फुटवल प्रतियोगीतामा कलाकार टिमले १ का विरुद्ध ५ गोलले पराजित गर्दै उपाधि हात पारेको छ ।