Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

बच्चालाई माटोमा किन खेल्न दिने ? माटोमा के पाइन्छ ?

Sunday, June 2, 2019 National Power

कतिपय अभिभावक हुन्छन्, छोराछोरीलाई बाहिर आफुखुसी हिँड्न र खेल्न नदिने । उनीहरु बाहिर गएर खेल्दा फोहोर हुन्छन् । हिलो, माटो लाग्छ । जथाभावी हिलो माटोमा खेलेमा रोग लाग्छ । लुगाफाटो मैला हुन्छ । त्यही कारण उनीहरु आफ्ना बालबच्चालाई घरको चौघेरामा, कोठामा राख्छन् । घरभन्दा बाहिर जाने अनुमति दिदैनन् । घर बाहिर गएमा माटोमा खेल्छन्, पानीमा खेल्छन् । लड्न सक्छ, मैला लाग्न सक्छ । बरु घरभित्र भएमा उनीहरु सुरक्षित हुन्छन् । फोहोर(मैला लाग्दैन । लुगाफाटो धुने झन्झट हुँदैन ।

तर, कुरा विपरित छ । बच्चालाई माटोको सम्पर्कमा रहन दिनुपर्छ । माटोमा खेल्न दिनुपर्छ । हिलो, माटो, पानीसँग रमाउन दिनुपर्छ । यसले गर्दा उनीहरु फोहोरी हुने होइन । उनीहरुलाई रोगको संक्रमण लाग्ने पनि होइन । बरु रोगसँग लड्ने क्षमता बढाउँछ । उनीहरुको मांशपेसी, हड्डी बलियो हुन्छ । शरीर लचिलो हुन्छ । रक्तसंचार राम्ररी हुन्छ । यसले गर्दा उनीहरु बलियो र तन्दुरुस्त हुन्छन् ।

त्यसैले बच्चालाई माटो, पानीबाट विच्छेद गर्ने होइन । बरु माटोमा खेल्न दिनुपर्छ । शहरिया बालबच्चा र गाउँघरका बालबच्चालाई तुलना गरेर हेर्नुहोस् त । गाउँघरमा हुर्किएका बच्चाहरु माटो खेल्छन्, पानी खेल्छन्, रुखमा चढ्छन्, गाईबाख्राको सम्पर्कमा पुग्छन् । भलै उनीहरुको लुगाफाटो मैला होला । पानी खेलेर बेलाबखत रुघाखोकीले सताउन सक्ला । तर, यस्ता रोगहरु विस्तारै पचाउँदै जान्छन् ।

जबकी शहरमा सुकिलो बनाएर, पोषिलो खानेकुरा ख्वाएर हुर्काएका बच्चा हेर्दा राम्रो देखिएपनि शारीरिक रुपमा कमजोर हुन्छन् । सानोतिनो रोग वा संक्रमण सहन नसक्ने हुन्छन् । बच्चालाई बलियो बनाउनका लागि उनीहरुलाई माटोमा उन्मुक्त खेल्न दिनुपर्छ । माटोको सम्पर्कमा रहँदा बच्चाको रोग प्रतिरोधात्मक क्षमता पनि विकास हुन्छ ।

माटोमा के पाइन्छ ?

माटोमा खनिज, जल, वायु, कार्बनिक पदार्थ र अनगिन्ती जीवको जटिल मिश्रण पाइन्छ । माटोलाई पृथ्वीको छाला पनि भनिन्छ । साथै यसले शरीरका कतिपय रोग हटाउने काम गर्छ । पुरानो जमनामा कुनै चोट लागेमा माटोको लेप लगाइदिने चलन थियो । अहिले पनि मुल्तानी माटो सौन्दर्यका लागि प्रयोग गरिन्छ । यसलाई फेसप्याक बनाएर लगाइन्छ ।

गुड ब्याक्टेरिया

माटोमा स्वास्थ्य मैत्री ब्याक्टेरिया पाइन्छ, जुन बचचाको मानसिक र शारीरिक विकासका लागि आवश्यक हुन्छ । माटोमा खेल्दा बच्चाहरु बलियो हुन्छन् । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

रचनात्मक सोच

मन्टेश्वरी विधीमा बच्चालाई माटोमा खेल्न दिइन्छ । अर्थात उनीहरुलाई मनलाग्दो खेल्न दिइन्छ । माटोमा उनीहरुले खेलिरहँदा के बनाउँछ रु कस्तो आकृति बनाउँछ रु यसले उनीहरुको मनोविज्ञान पनि झल्कन्छ । माटोमा खेल्दा बच्चाहरुको रचनात्मक क्षमता बढ्छ ।

खुसी मिल्छ

खेल्न पाउँदा बच्चाहरु यसैपनि खुसी हुन्छन् । माटोमा खेल्न पाउँदा अरु बढी उत्साहित हुन्छन् । माटोमा विभिन्न आकृति बनाउने, भत्काउने गर्छन् । यसबाट मिल्ने अर्को फाइदा भनेको उनीहरु ल्यापटप, मोवाइलको कुलतमा फस्दैनन् । घरभित्रै बसेर ल्यापटप वा मोवाइल चलाइरहँदा बच्चाको मानसिक, शारीरिक विकासमा अवरोध पैदा हुन्छ । जबकी माटोमा उन्मुक्त खेल्दा उनीहरु निरोगी हुने, सक्रिय हुने, गतिशिल हुने मात्र होइन, रचनात्मक पनि हुन्छन् ।

प्रकृतिसँग प्रेम

माटो नै सम्पूर्ण प्रकृतिको आधार हो । हाम्रो शरीर पनि माटोमै मिल्छ । संसारका ति सम्पूर्ण भौतिक कुराहरु अन्ततः माटोमै विलय हुन्छ । यसर्थ माटोसँग हाम्रो जीवन(चक्र गाँसिएको छ । प्रकृतिसँग जति लय मिलाउन सक्छौ, जति एकाकार हुन सक्छौ, उत्तिनै खुसी मिल्छ । यसर्थ बालबच्चालाई पनि माटोसँग, प्रकृतिसँग एकाकार हुन सिकाउनुपर्छ । उनीहरुलाई माटोसँग खेल्न दिनुपर्छ । माटोको महत्व बुझ्न दिनुपर्छ । माटोको सुगन्ध अनुभूत गर्न दिनुपर्छ ।