Friday 10th July 2020

    बिहिवारदेखि मनसुन थप सक्रिय हुने, बाढी पहिरोको जोखिम    दिनप्रति दिन बढिरहेको आत्महत्याका घटनाले सिंगो समाज चिन्तित    अमेरिका खुफिया एजेन्सीले देख्यो चीनबाट खतराको संकेत, जासुसी, घुस र ब्ल्याकमेल सम्मको आरोप    अमेरिका खुफिय एजेन्सीले देख्यो चीनबाट ठुलो खतराको संकेत, जासुसी, घुस र ब्ल्याकमेल सम्मको आरोप    रामकुमार नेपालीको “दु:खी बाहुन” बजारमा

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

Sunday, June 2, 2019 National Power


काठमाडौं – लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे ।

सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । खेलको सुरुवाती समयमै अग्रता लिएको लिभरपुलले निकै राम्रो प्रदर्शन गर्‍यो । सलाहकै गोलबाट लिभरपुलले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो ।

८७ औं मिनेटमा लिभरपुलले दोस्रो गोल गर्न सफल भयो । लिभरपुलका लागि ओरिगीले गोल गर्दै २-० को अग्रता दिलाए । दुई गोलको अग्रता बनाएपनि लिभरपुल टोटनहृयामविरुद्ध दबाबमा खेलेको थियो । खेलअवधिभर बल आफ्नो पकडमा राखेपनि टोटनहृयामले गोल गर्न भने सकेन ।

निर्धारित समयसम्म टोटनहृयामले गोल गर्न नसकेपछि लिभरपुलले खेल २-० गोलअन्तरले पराजित गर्दै छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।