Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

देशका विभिन्न भागमा शंकास्पद वस्तु भेटिए, पोखरा र बैतडीमा बम निष्क्रिय पारियो

Monday, May 27, 2019 National Power

काठमाण्डौ — मोरङको सुन्दरहरैंचा ७ ढडियास्थित पूर्व–पश्चिम राजमार्गनजिक तारले बेरिएको प्रेसर कुकर भेटिएको छ । राजमार्ग छेउ बिजुलीको खम्बा नजिकै उक्त शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेका छन्। सेनाको डिस्पोजल टोली अध्ययनका लागि त्यसतर्फ परिचालन भएको मोरङ प्रशासनले जनाएको छ।रातो तारले कुकरलाई बेरेर राखएिको अवस्थामा फेला परेकाले भित्र विष्फोटक पदार्थ राखिएको हुन सक्ने अनुमान गरिएको छ।

यसैगरी प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका प्रवेश गर्ने ढाट चोकमा पनि शंकास्पद वस्तु भेटएिको छ। सुरक्षाकर्मीले उक्त स्थानलाई पनि घेरा हालेका छन्। तनहुँका दुई ठाउँमा शंकास्पद वस्तु फेला दमौली–तनहुँमा दुई ठाउँमा शंकास्पद बस्तु सोमबार बिहान फेला परेको छ। पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर १ नाहला र व्याँस नगरपालिकको मुसीखोलामा शंकास्पद वस्तु फेला परेको हो।

नाहला राखिएको शंकास्पद वस्तु भने सेनाको टोलीले डिस्पोजल पारिएको प्रहरी उपरीक्षक विनोद सिलवालले बताए। सेनाको टोलीले मुसीखोलामा राखिएको शंकास्पद वस्तु डिस्पोजलका गर्ने तयारी गरेको उनले बताए। बैतडीमा भेटिएकादुईवटाबम निष्क्रिय पारियो बैतडी–दोगडाकेदार गाउँपालिकामा फेला परेका दुईवटा बम निष्क्रिय पारिएका छन् । दोगडाकेदार–३ को श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा रहेका बम सेनाको हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

हनुमानध्वज गुल्मका क्याप्टेन देवेन्द्र बस्नेत नेतृत्वको टोलीले १ घण्टा लगाएर डिस्पोज गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए ।बिहान साढे ४ बजे फेला परेका बमहरु नेक्रवित्रम चन्द समूहले राखेको हुनसक्ने अनुमान प्रहरीले बताएको छ । सोही ठाउँमा नेक्रवित्रम चन्द समूहको युवा संगठनका ‘नेपाल बन्द अपील’ लेखिएका पर्चा पनि भेटिएको प्रहरीले बताएको छ ।

पोखरा– पोखराको श्रृजनाचोकमा रहेको एनसेल कार्यालय नजिकै भेटिएको कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ। आइतबार राति भेटिएको उक्त बम प्रहरीले रातभरि सुरक्षा दिएर बसेको थियो। बमलाई सोमबार बिहान सेनाले डिस्पोज गरेको हो। यसैगरी पोखराको नयाँबजार र न्यूरोडको बीचमा रहेको इनोभेटिभ डेपलपमेन्ट एजुकेशन एकेडेमी रहेको भवनको गेटमा पनि शंकास्पद वस्तु भेटिएको छ।

ऊक्त वस्तुलाई निष्त्रिय पार्न सेना अहिले उक्त स्थानमा पुगेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा पोखरा बागलुङ राजमार्ग खण्डमा पनि शंकास्पद वस्तु भेटिएको कास्की प्रहरीका प्रवक्ता रविन्द्रमान गुरुङले बताए। त्यसलाई पनि निष्क्रिय पार्न सुरक्षाकर्मी परिचालन भइसकेका छन्। सरकारले प्रतिबन्ध लगाएको नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले सोमबार आव्हान गरेको बन्दका क्रममा बम र शंकास्पद वस्तु राखिएको अनुमान प्रहरीको छ। बन्दका कारण पोखरामा सवारी साधन चलेका छैनन्।

सिन्धुलीमा पनि शंकास्पद वस्तु
सिन्धुली–नेत्रविक्रम चन्द समूहले आहृवान गरेको बन्दका क्रममा सिन्धुलीको दुधौली नगरपालिका ८ को खोर भन्ज्याङमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ। निर्माणाधीन मदनभण्डारी राजमार्गबाट करिब एकसय मिटर तल दुधौली जाने सडकमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। नेपाल बन्द छ खतराु लेखेर सकेट बम जस्तो वस्तु सडकमा फेला परेको हो। शंकास्पद वस्तुबारे सुरक्षा निकायमा छलफल भइ सेनालाई जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास छाएकोछ। उक्त सडकमा हिड्न दिइएको छैन।

बन्दका कारण बिपी राजमार्गमा सवारी साधन चल्न सकेका छैनन्। केही सवारी साधनलाई भने प्रहरीले स्कटिङ गरेर लगेको छ। निजी शिक्षण संस्थाहरु सबै बन्द छन्। सदरमुकाममा छिटफुट पसल खुले पनि बाहिर बन्द छन्।