Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

ठूलो परिमाणमा नक्कली भारतीय रुपैयाँसहित समातिए युनुस अन्सारी

Friday, May 24, 2019 National Power

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जना छन् । विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले नक्कली नोट बरामद भएको पुष्टि गरेका छन् ।

‘दुई वटा व्रिफ केशमा नोट बरामद भएको हो’, उनले अनलाइनखबरसँग भने, ‘गन्ने काम भइरहेको छ ।’ विमानस्थल प्रहरी स्रोतका अनुसार कतार एयरवेजमार्फत युनुससहित ३ जना काठमाडौं आएका थिए । नसरुद्दिन उनीहरुलाई रिसिभ गर्न पुगेका थिए । युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो । केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो । पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक समेत थिए । उनकी बहिनी उषाकिरण पहिलो संविधानसभाको निर्वाचनमा एकीकृत माओवादीतर्फ समानुपातिक सभासद थिइन् ।